ENGLISH

कञ्चनपुरमा जिल्ला सभापतिका लागि लेखक प्यानलबाट पदम बोगटीको उम्मेदवारी घाेषणा


महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कञ्चनपुरमा जिल्ला सभापतिकालागि पदम बोगटी र बहादुर सिंह थापा भिड्ने भएका छन् । रमेश लेखक प्यानलबाट बोगटी र एनपी साउद प्यानलबाट थापा पार्टी सभापतिकालाई भिड्ने भएका हुन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै नेता लेखक प्यानलले सभापति लगायत पदाधिकारीको उम्मेद्वारी घोषणा गरेको हो । सभापतिको उम्मेद्वारमा बोगटी, उपसभापतिको उम्मेद्वारमा दिवाकर पाण्डेय र शंकर बहादुर चन्द, सचिवको उम्मेद्वारमा सिद्धराज भट्ट र जनक सिंह धामी, सह–सचिवमा कविराज भट्ट र पुष्कल चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् ।
लेखक प्यानलबाट जिल्ला कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गरेका पदाधिकारीका उम्मेदवारहरुले सबै क्षेत्र समेटेका छन् । सभापति र उपसभापतिका उम्मेदवार भीमदत्त नगरपालिकाबाट हुन भने सचिवका उम्मेदवार सिद्धराज भट्ट शुक्लाफाँटा नगरपालिकाबाट हुन्। शिक्षा क्षेत्रमा राम्रो छबी बनाएका भट्ट सेवानिवृत शिक्षक हुन् । सचिव पदका अर्का उम्मेदवार जनक सिंह धामी कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका युवा नेता हुन् ।
सह–सचिव पदका उम्मेदवार पुष्कल चौधरी पनि दक्षिणी भेगकै कुशल थारु नेताका रुपमा परिचित छन् । अर्का सह–सचिव पदका उम्मेदवार कविराज भट्ट कृष्णपुरका जुझारु नेता हुन् ।
सभापतिका उम्मेदवार बोगटी संस्थापन पक्षकै नेता एनपी साउद निकट रहेर राजनीतिमा सक्रिय थिए । यद्यपी नेता साउदका गतीविधि र प्रवृतीका कारण आफुले आफ्नो क्षेत्रमा आफ्नै नेता संग नजिक भएर जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए । क्षेत्र नं. २ मा नेता साउँदले प्रतिशोधको भावना राख्दै पार्टी सभापति हरि प्रसाद बोहरा र नेपाली कांग्रेसका अग्रज नेता तथा पुर्व सांसद बलदेव बोहरालाई महाधिवेशन प्रतिनिधिमा नै पराजय गराउन विभिन्न प्रपञ्च गरी अगाडी बढ्न नदिएको प्रति घोर आपत्ति व्यक्त गरे ।
‘पार्टी सभापति हरि बोहरा र बलदेव दाईलाई महाधिवेशनमा ल्याउनु पथ्र्यो, तर त्यहा अकल्पनिय घटना घटाइयो,’ उनले भने–‘पर्टी सभापति बोहरा महाधिवेशन आए पुनः उहालाई नै मैले सभापतिमा समर्थन गर्ने कुरा पहिल्यै भएको थियो, तर त्यहा जे भयो गलत भयो । तसर्थ हामी सबैको समझदारीमा मैले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।’
एनपी साउदका प्रिय पात्रका रुपमा रहेका बोगटी पार्टी सभापतिका लागि लेखक प्यानलबाट उम्मेदवार बन्नुलाई राजनीतिमा बाध्यात्मक कोणनीतिका रुपमा हेरिएको हो । १३ औं महाधिवेशनमा एनपी प्यानलबाट पार्टी सभापतिका उम्मेदवार रहेका बोगटी रमेश लेखकका उम्मेद्वार हरि बोहरा संग पराजय भएका थिए ।
एनपी प्यानलबाट पार्टी सभापतिका उम्मेदवार बहादुर सिंह थापा कञ्चनपुर कांग्रेसको दुई कार्यकाल सभापति बसिसकेको व्यक्ति हुन् । नगर अधिवेशन अघि सम्म नेता थापा सुदूरपश्चिम प्रदेश सभापतिकालागि उम्मेदवार बन्ने बताउदै आएको भए पनि पछिल्लो राजनीतिक उतार–चढाउवका कारण नेता साँउदले उनलाई जिल्ला सभापतिको उम्मेदवारमै ल्याउने भएका छन् ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्