युवा व्यवसायी एवम् समाजसेवी कुवँरद्धारा जन्म दिनकाे अवसरमा फलफूल वितरण

महेन्द्रनगर । युवा व्यवसायी एवम् समाजसेवी कर्ण कुवँरद्धारा जन्म दिनकाे अवसरमा फलफूल वितरण गरिएकाे छ । काठमाडौ केन्द्रीत व्यवसाय गरिरहेका व्यवसायी कुँवरले साेमबार जन्म दिनकाे अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथलयमा फलफूल वितरण गरेका हुन् ।
उनले अनाथालयमा रहेका बालबालिकालाई स्याउ, केरा, सुन्तला र मिठाइँ वितरण गरेका हुन्। जन्म दिनकाे अवसरमा उनले अनाथ बालबालिकासँग खुसी बाँडेको बताए । उनले असहायलाई सानाे सहयोगले ठुलाे राहत पुग्ने बताए । उनी काठमाडौमा विभिन्न व्यवसायमा अवद्द रहेका छन् । कुवँर यसअघि सामाजिक संघ सस्थामा रहेर सामाजिक समेत कार्य गर्दैँ आएका थिए । एनएनएसडब्लुएका पुर्व कर्मचारी समेत रहेका उनी समाजसेवी एवं स्थापित व्यवसायी हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्