महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सहकारीसँग आवद्ध कर्मचारी एंव्म पदाधिकारीलाई उत्प्रेरणा तालिम दिईएको छ । कार्य सम्पादनमा थप सक्रियता बढाउन तथा दक्षता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको हो ।
को–अपरेटिप म्यानेर्जस क्लब कञ्चनपुरको आयोजनामा गरिएको मोटिभेसनल तालिममा जिल्लाका सहकारीकर्मीको सहभागीता रहेको छ ।

क्लबका अध्यक्ष एव्म मेघा बचत तथा ऋण सहकारी संस्था कार्यकारी प्रमुख सुनिल कुमार सेठीको अध्यक्षतामा शुक्रबार तालिमको उद्धघाटन गरिएको छ । तालिमको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंङ्ग बहादुर मल्ल रहेका थिए ।

तालिममा सहकारीकर्मीलाई कार्यसम्पादनमा आईपर्ने समस्या समाधानसँगै तनाव, व्यवस्थापन, पेशागत व्यवहार लगायतका विषयमा प्रशिक्षण दिईने अध्यक्ष सेठीले बताए । उनका अनुसार क्लबले सहकारीका कर्मचारीको हकहितसँगै क्षमता अभिवृद्धिमुलक कार्यक्रममा जोड दिएको छ । त्यस्तै शनिबार पनि सहकारी सिनियर कर्मचारीलाई पनि तालिम दिईने अध्यक्ष सेठीको भनाई छ । तालिममा मोटिभेसनल स्पीकर नवराज फुयाँलले सहभागिलाई प्रशिक्षण गराएका छन् ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका कार्यक्रममा प्रशिक्षण दिदैँ आएको प्रशिक्षक फुयाँललाई को–अपरेटिप म्यानेर्जस क्लब कञ्चनपुरले मुख्य प्रशिाक्षकको रुपमा बोलाएको हो । तालिममा राष्ट्रिय सहकारी संस्था महासंघका पुर्व सञ्चालक गणेश बहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिंह भाट, राष्ट्रिय सहकारी बैंक महेन्द्रनगरका प्रमुख प्रकाश थपलिया लगायतको सहभागीता रहेका थियो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव मदन भट्टले गरेका थिए । तालिममा सहकारीकर्मीको क्षमता अभिवद्धिसँगै सहकारीलाई सबल बनाउने र सहकारी अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिईएको छ ।