लालझाडीको भानु माविमा हाजिरि जवाफ प्रतियोगिता


लालबहादुर एस के
लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालयले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । शुक्रबार विद्यालयका ४ सदन बिचमा हजाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । कक्षा ९ देखि १२ कक्षाका विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएइका थिए । प्रतियोगितामा मखमली सदन प्रथम, गोदावरी सदन द्धितिय र सयपत्री तृतिय हुनुका साथै सुनाखरी सदन चौथो भएको छ ।


चार सदनबिच भएको प्रतिस्पर्धा भएको विद्यालयका सह प्रधानाध्यापक दयाकृष्ण जोशीले पुरस्कार वितरण गरेको विद्यालयले जनाएको छ । मखमली सदनका संयोजक रमेश रानाले आफ्नो टिमलाई प्रथम हात पार्न सफल भएका छन् । त्यसैगरी गोदावरी सदनका विरबहादुर चौधरी दोस्रो स्थानमा सफल भएका हुन भने सयपत्रीका संयोजक आशिका रानाले तेस्रो स्थान हात पारेका छन् । सुनाखरी सदनका टिमका आरती रानाले चौथो स्थान हात पारेका हुन ।


विद्यालयले प्रत्येक हप्ताको शुक्रबार चौथो घण्टी पछि विद्यार्थीहरुलाई हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम निरन्तर गर्ने विद्यालयका प्र।अ। वेदप्रकाश उपाध्यायले बताए । प्रअ उपाध्यायले विद्यालयका विद्यार्थीहरुको शिक्षा क्षेत्रमा विद्यार्थीको क्षमता वृद्धि तथा नेतृत्व विकास गराउने उद्देश्यले प्रतियोगिता निरन्तर सञ्चालन गर्ने बताए । त्यसैगरी शिक्षक नारायणदत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए भने शिक्षक शिक्षिका र सम्पूर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्