तङग्रिदैँ पर्यटन र यातायात व्यवसाय

महेन्द्रनगर । विश्वव्यापी महाकारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण पर्यटन र यातायात पुर्ण क्षेत्र पुर्ण बन्द भए । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण व्यवसाय बन्द हुदाँ त्यसको प्रत्यक्ष मार व्यवसायीमा परेको थियो । पहिलो र दोस्रो चरणको कोरोना संक्रमणले बढी मार खेपेको पर्यटन र यातायात क्षेत्र विस्तारै तंग्रिन थालेको हो ।
जिल्लास्थित विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटको आवगमन हुन थालेको भने होटल, यातायात व्यसाय पनि व्यस्त देखिन थालेको छ । शुक्लाफाँटा, राष्ट्रिय निकुञ्ज, झलुङ्गे पुल, झिलमिला ताल, वेदकोट ताल, लिङ्गा धाम, जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् । त्यहाँ भ्रमण तथा अवलोकन गर्ने आन्तरिक पर्यटकको बढ्दैँ गएका छन् । व्यवसाय तंग्रिदैँ जान थालेपछि व्यवसाय गति लिएको व्यवसायी बताउछन् । पर्यटन व्यवसायी एंव होटल व्यवसायी महासंघका केन्द्रीय सचिव प्रमानन्द भण्डारीले कोरोनाकालपछि व्यवसाय तंग्रिन थालेको बताए । उनका अनुसार बाह्य पर्यटकको उपस्थित खासै नभए पनि आन्तरिक पर्यटकको चहलपहल भने बढेको छ । ‘सीमा नाकाहरु विस्तारै सहज हुदैँ गएको छन्, आन्तरिक पर्यटकको चाप बढेपनि बाह्य पर्यटकको उपस्थिति सुदूरपश्चिममा खासै छैन् ।’ उनले भने ‘कोरोना संक्रमणपछि व्यवसाय पुरानै लयमा फर्किन थालेका छन् ।’


कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले फेरी व्यवसायी चिन्तित बनाएको उनले बताए । त्यस्तै होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले कोरोना संक्रमणपछि व्यवसायको अवस्थामा निकै सुधार आएको बताए । उनका अनुसार कोरोनाका कारण थलिएका व्यवसायहरु पुर्ववत अवस्थामा फर्किएपछि व्यवसाय निकै सुधार आएको हो । कोरोनाका कारण थलिएका व्यवसायहरु पुर्ववत अवस्थामा फर्किएको उनले बताए ।
‘सबैतिरबाट वातावरण सहज हुदैँ गएको छ, त्यसले व्यवसायलाई चलायमान बनाउँदै लगेको छ ।’ अध्यक्ष भट्टले भने ‘कोरोना संक्रमणले लामो समयपछि मानिसहरु घर बाहिर निस्केका छन्, ग्राहकहरुमा पनि खर्च गर्ने प्रवृति पनि बढेको छ ।’ त्यस्तै जिल्लामा आन्तरिक पर्यटकको गतिविधि बढे पनि बाह्य पर्यटक भने खासै नदेखिएको उनले सुनाए ।
‘भर्खरै मात्र सीमा नाकामा सहज आवागमन सुरु भएको छ, बोर्डर लामो समय बन्द रहदाँ विदेशी पर्यटक आउन सकेका थिएनन् ।’ उनले भने ‘नयाँ भरियन्टको कोरोना संक्रमणको हल्लाले फेरी पर्यटनमा असर पार्ने देखिन्छ । तर एशियामा यसको संक्रमण कमै देखिएकोले त्यस्तो डराई हाल्नु पर्ने अवस्था भने छैन् ।’
साथै व्यवसायीहरु विगतको अनुभवले पुर्व तयारीका लागि सर्तक रहेकाले सरकारले पनि सोही अनुरुप तयारी गर्नुपर्ने उनको भनाई छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंङ्ग बहादुर मल्लले कोरोना संक्रमणपछि व्यवसाय तंग्रिन थालेको बताए । उनका अनुसार कोरोनाले लामो समय बन्द हुदाँ थलिएका व्यवसायले पुर्नजिवन पाएका छन् । कोरोनाले ठुलो मारमा परेका पर्यटन र यातायात क्षेत्रसँगै अन्य व्यवसाय पनि पुरानै अवस्थामा फर्केेको उनको भनाई छ । ‘लामो समयको कोरोना कहर झेलेका व्यवसायी पुरानै लयमा फर्केका छन्, जनजीवन सामान्य बनेपछि व्यवसाय निर्वाद रुपमा चलिरहेका छन् ।’ अध्यक्ष मल्लले भने ‘फेरी कोरोनाको नयाँ भेरियन्टको हल्लाले व्यवसायीलाई चिन्तित बनाएको छ । यसमा सरकारले बेलैमा सर्तकता अपनाउनु पर्छ ।’

त्यस्तै महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले कोरोना संक्रमणले थलिएको यातायात व्यवसाय तंग्रिन थालेको बताए । उनले नेपाल–भारत नाका सहज भएपछि यात्रुको चाप बढ्न थालेको बताए । कोरोना संक्रमणपछि विस्तारै अवस्था सामान्य बन्दैँ गएको छ, सार्वजनिक यातायातका साधनहरुले यात्रु पाउन थालेका छन् । उनले भने तर फेरी नयाँ भरियन्टको हल्लाले हामीलाई चिन्तित बनाएको छ, त्यसबारे बेलैमा सचेत हुनुपर्ने अवस्था छ । कोरोना संक्रमणका कारण करोडौँको क्षती व्यहोरेका यातायात व्यवयायी लयमा फर्किन थालेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्