आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरद्धारा लक्ष्य भन्दा बढी राजस्व संकलन

महेन्द्रनगर । विश्वव्यापी महामारी कोरोना भाईरसको संक्रमणले जनजीवनसँग अर्थतन्त्र धरासायि बनेको छ । लकडाउन पुर्ण रुपमा हटेसँगै व्यवसाय पुर्नजिवित हुन थालेको छन् । कोरोना संक्रमणको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्दा त्यसको असर राजस्व संकलनमा पनि पा¥यो । तर पछिल्लो समयमा आन्तरिक राजस्व कार्यायलयले राजस्व संकलनलाई प्रभावकारी रुपमा अघि बढाएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले करदातालाई कर तिर्न प्रोत्साहित, गर्ने विभिन्न छुट तथा स्कीम ल्याएर राजस्व संकलनलाई प्रभावकारी बनाएको हो । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले चाुल आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य भन्दा सात प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकमा कार्यालयले ६३ करोड ९९ लाख ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६९ करोड ११ लाख चार हजार राजस्व संकलन भएको छ । जसमा आय कर १७ करोड ५२ लाख ६६ हजार, घर बहाल कर ७९ लाख ३२ हजार, ब्याज एक करोड २० लाख ७६ हजार र मुल्य अभिवृद्धी कर(भ्याट) १७ करोड ६६ लाख २२ हजार, आन्तरिक आय ३१ करोड ९२ लाख सात हजार संकलन भएको छ ।
राजस्व कार्यायलले करदाता छुटसँगै करदाता शिक्षामा जोड दिदैँ आएकोले कर संकलन वृद्धी हुदैँ गएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर प्रमुख पुस्कर न्यौपानेले बताए । उनका अनुसार राजस्व कार्यालयले बक्यौता रहेका करदातालाई चिठ्ठी र फोनमार्फत ताकेता गदैँ आईरहेको छ । ‘ठुला करदातालाई कारोबार बढाउनका लागि फोन पनि उहाँलाई अभिप्रेरित गरिरहेको छु ।’ प्रमुख कर अधिकृत न्यौपानेले भने ‘कोरोना संक्रमणका कारण राजस्व संकलनमा असर पारेको छ तर त्यसलाई सुधादैँ लगेका छौँ ।’ त्यस्तै पूर्वानुमानित कर तथा कारोबारमा आधारित आय विवरण पेश गरी कारोवार अङ्क फरक(मिसम्याच) परेका करदाताहरुलाई कार्यालयले विशेष छुट सुविधा दिएको प्रमुख कर अधिकृत न्यौपानेको भनाई छ । त्यस्तै राजस्व संकलन बढाउन कार्यलयले उद्योग वाणिज्य संघ लगायतसँगको सहकार्यमा विभिन्न ठाउँमा करदाता शिक्षा कार्यक्रम गदैँ आएको छ । यस कार्यालयबाट सेवा लिने करदातामा भ्याटमा दर्ता दुई हजार सात सय ६६, पान दर्ता २५ हजार चार सय १८, व्यत्तिगत पान दर्ता ३४ हजार नौ सय ४६ र अन्तशुल्कमा दर्ता दुई हजार नौ सय ८२ रहेको कार्यालयको तथ्याङ्क छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको हालसम्म करिब ११ करोड बक्यौता राजस्व संकलन गर्न बाँकी छ । चालु आर्थिक वर्षमा कार्यालयले २ अर्व ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
कार्यालयमा कर्मचारी अभाव
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा दरबन्दी अनुसार कर्मचारीको पदपुर्ती नभएको पाईएको छ । प्रमुख कर अधिकृत न्यौपानेका अनुसार छ जना अधिकृतको दरबन्दी रहेको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा हाल दुई जना मात्रै कर अधिकृत सेवारत छन् । त्यस्तै आठ जना नासुको दरबन्दी रहेकोमा पाँच दरबन्दी रित्त रहेका छन् । दरबन्दी अनुसार कर्मचारी नभएपनि आफुले सेवालाई प्रभावकारी रुपमा दिईरहेको कार्यालयले जनाएको छ । प्रमुख कर अधिकृत न्यौपानेका अनुसार कर्मचारी अभावमा सेवारत कर्मचारीले दोहोरो जिम्मेवारी दिनुपर्ने बाध्यता छ भने सेवाग्राहीको चाप पनि बढ्दो छ । कर्मचारीको पदपुर्तीमा लोक सेवा आयोगबाटै ढिलाई भएकोले विभाग पठाउन नसकेको प्रमुख कर अधिकृत न्यौपानेको भनाई छ । साथै कतिपय कर्मचारी यहाँ आउन नचाहाने भएकाले पनि कार्यालयमा कर्मचारी अभाव भएको हो । कर्मचारी अभाव हुदाँ सेवाग्राहीले लामो समय पालो कुुर्नुपर्ने बाध्यता रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्