भीमदत्तका तीन वडा कार्यालय भवन शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा लगातार तीन वडा कार्यालय भवन शिलान्यास गरिएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाको वडा नम्बर ३, १० र १४ को कार्यालय कार्यालय भवन शिलान्यास गरेका हुन् । सोमबार वडा नम्बर १०, मंगलबार वडा नम्बर १४ र बुधबार वडा नम्बर ३ को कार्यालय भवन शिलान्यास गरिएको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टद्धारा वडा नम्बर ३ को कार्यालय भवन शिलान्यास गरिदैँ

कार्यालय भवनको शिलान्यास गदैँ नगरप्रमुख विष्टले नगरपालिकाले पुर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनका अनसार नगरपालिकाले बहुउद्देश्यीय भवनको रुपमा वडा कार्यालयलाई निर्माण गरिरहेको छ । ‘नगरपालिकाले कार्यालयका गतिविधि मात्रै नभई सामुदायिक भवनको रुपमा अन्य कार्यक्रम समेत सञ्चालन गर्न सकिने गरि भवन निर्माण गरिरहेको छ ।’ सोमबार वडा नम्बर १० को कार्यालय भवन शिलान्यास कार्याक्रममा बोल्दैँ नगर प्रमुख विष्टले भने ‘नगरपालिकाको सेवालाई अझै प्रभावकारी बनाउने गरि काम भईरहेको छ, सबै क्षेत्रको विकासलाई जनअपेक्षा अनुसार अघि बढाएको छौँ ।’

नगर प्रमुख सुरेन्द्र विष्टद्धारा वडा नम्बर १४ को कार्यालय भवन शिलान्यास गरिदैँ

त्यस्तै भीमदत्त नगरपालिका प्रदेश र संघलाई समृद्ध बनाउन महत्वपुर्ण सम्भावना बोकेको स्थानीय तहको रुपमा रहेको बताउँदै ‘महाकाली चार लेन पुल, दोधराचाँदनी शुख्खा बन्दरगाह, महाकाली करिडोरले यस क्षेत्रमा ठुलो आर्थिक रुपमान्तरण ल्याउने योजना हुन्, नगरपालिकाले यहाँका जनतालाई ती योजनासँग जोडेर काम गर्न नगरपालिकाले पहल कदमी गरिरहेको छ’ उनले भने । भवन निर्माणका लागि बजेट अभाव नहुने प्रतिवद्धता जनाउदैँ समयमै गुणस्तरिय काम गर्न पनि नगर प्रमुख विष्टले निर्देशन दिएका छन् ।

नगर प्रमुख सुरेन्द्र विष्टद्धारा वडा नम्बर १० को कार्यालय भवन शिलान्यास गरिदैँ

नगरपालिकाले हालसम्म ७ वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा सुरु गरेको छ भने सात वडा कार्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले बहुउद्देश्यीय सामुदायिक भवनको रुपमा वडा कार्यालय निर्माण गरिरहेको छ । वडा नम्बर नौ बाहेक अन्य वडामा पनि वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताए । उनले वडा कार्यालयको निर्माण कार्य तिव्र रुपमा भईरहेकाले चाडै नै सबै वडाले आफ्नै कार्यालय भवनमार्फत सेवा सुचारु गर्ने बताए ।


त्यस्तै नगरपालिकाले कार्यालयको मुख्य प्रशासनीक भवन निर्माण कार्य पनि तिव्रताका साथ भईरहेको जनाएको छ । नगरपालिकाले पालिका सेवालाई सहज र प्रभावकारी बनाउन भौतिक पुर्वाधार निर्माणमा जोड दिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्