एकल महिला समुह कञ्चनपुरको पहिलो साधारण सभा सम्पन्न, अध्यक्षमा जोशी सर्वसम्मत

महेन्द्रनगर । मावन अधिकारका लागि एकल महिला समुह(डब्लुएचआर)को पहिलो साधारण सभा सम्पन्न भएको छ । शनिबार समुहको पहिलो वार्षिक साधारण सभा भीामदत्त–६ मा सम्पन्न भएको हो । साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाले यसअघि गठित तदर्थ समितिलाई नै निरन्तरता दिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्धघाटन ष्रिएको थियो । सभाको उद्धघाटन गदैँ नगर प्रमुख विष्टले नगरपालिकाले एकल महिलाको क्षमता विकास, सिपमुलक तालिमसँगै आयआर्जन मुलक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए । उनले व्यवसायिक रुपमा उत्पादनसँग जोडिन समुहलाई आग्रह पनि गरे ।


नयाँ कार्यसमितिको अध्यक्षमा जानकी जोशी, उपाध्यक्षमा जयन्ती पन्त, सचिवमा रमा उपाध्याय, सह सचिवमा मिना फर्सुवाङ् र कोषाध्यक्षमा लक्ष्मी चन्द चयन भएकी छिन् । त्यस्तै सदस्यमा चन्द्रा खडायत, भगवती चन्द, जानकी रैकाल, देवकी नाथ र्निविरोध चयन भएका छन् ।


अध्यक्ष जोशीले एकल महिलाहरुको हक अधिकार, क्षमता विकास, आर्थिक उत्थानका लागि समुहले काम गर्ने बताईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्