नेपाल बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर । नेपालको पुरानो बैंक नेपाल बैंक लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सोमबार बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ‘अबको चरण, वित्तिय समावेशिकरण’ भन्ने नाराका साथ वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।


वित्तिय साक्षरता कार्यक्रमको उद्धघाटन गदैँ नगर प्रमुख सुरेन्द्र विष्टले सबैले वित्तिय साक्षरता अभियानमा सबैलाई जोडिनु आह्वान गरे । उनले नगदरहित अर्थतन्त्रको अवधारण विकास हुदैँ गएकोले आम नागरिकले वित्तिय रुपमा पनि साक्षर हुनु पर्ने बताए ।


साथै नगरपालिकाले उद्यमशिल ईच्छाशक्ती भएका नगरवासीलाई उत्पादनसँग जोड्न मेयर उद्यमशिता कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिने बताउँदै त्यसका लागि कार्यालयले कार्यक्रमलाई तिव्रताका साथ अघि बढाईने उनले बताए ।


नेपाल बैंक लिमिडेट महेन्द्रनगर शाखा प्रवन्धक महेशराज जोशीले वित्तिय साक्षरता सम्बन्धि सहभागीलाई प्रशिक्षण गराएको थिए । उनले नेपाल बैंकको स्थापना, बैंकिङ सेवा, वित्तिय सारक्षताबारे जानकारी गराएको थिए । उनले धनको सुरक्षा र उपयोगका लागि सबैले बैकिङ कारोबारसँगै जोडिनु पर्ने बताए । प्रविधियुगसँगै अनलाईन बैकिङको सेवा विस्तार हुदैँ गईरहेकाले वित्तिय साक्षर अभियान अत्याआवश्यक भएको उनको भनाई छ । कार्यक्रममा ८० जना स्थानीयको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्