सिएमसी कञ्चनपुरद्धारा सहकारीका सिईओलाई क्षमता विकास र व्यवस्थापनबारे तालिम

महेन्द्रनगर । को–अपरेटिप क्यानेर्जस क्लब(सिएमसी) कञ्चनपुरद्धारा क्षमता विकास र व्यवस्थापनबारे तालिम आयोजना गरिएको छ । सिएससी कञ्चनपुरले कञ्चनपुर र कैलालीस्थित सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुका लागि दुई दिने तालिमको आयोजना गरेको हो ।


मंगलबारबाट बबई रिर्सोट बर्दियामा दुई दिने तालिम सुरु भएको सिएससी कञ्चनपुरका अध्यक्ष सुनिल कुमार सेठीले बताए । उनका अनुसार तालिममा दुई जिल्लाका २४ जना प्रमुख कार्यकारी अधिकृतहरु सहभागी छन् । तालिम कार्य सम्पादनबारे क्षमता विकास र व्यवस्थापकीय पक्षहरुबारे प्रशिक्षण गराईने छ ।

‘सहकारीकर्ताको हक हित र क्षमता विकासका लागि सिएमसी कञ्चनपुरले विभिन्न कार्यक्रम गदैँ आएको छ ।’ अध्यक्ष सेठीले भने तालिममा विज्ञहरुबाट क्षमता विकास र व्यवस्थापनबारे प्रशिक्षण हुन्छ, साथै सहकारी अभियानलाई थप सशक्त बनाउन पनि छलफल गछौँ ।’


नेपाल सहकारी बैंकको सहयोगमा गरिएको तालिमको बैंकका ए.जी.एम राजेश श्रेष्ठले उद्धघाटन गरे । तालिमको उद्धघाटन गदैँ ए.जि.एस. श्रेष्ठले अर्थतन्त्रको विकासका लागि सहकारीको भुमिका महत्वपुर्ण रहेको भन्दैैँ वित्तिय साक्षरतासहित ग्राणिमस्तरसम्म सेवा विस्तारमा जोड दिए ।
सिएमसी कञ्चनपुरका सचिव मदनराज भट्टले सञ्चालन गरेको कार्यक्रम सहकारी बैंक महेन्द्रनगरका शाखा प्रमुख प्रकाश थपलिया, बहुउद्देश्यीय संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्