अंशु बर्माद्धारा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । पछिल्लो समय टिकटकमा चर्चित अंशु वर्माले निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । जहाँ दिन दुखी र त्यहाँ हाम्रो टिम भन्ने नाराका साथ बर्मा सामाजिक कार्यमा लागि परेका छन् । सोही अभियान अन्र्तगत टिकटक स्टार बर्माले सोमबार कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित महिला तथा वृद्ध सेवा केन्द्रमा सहयोग गरेका हुन् ।
उनले टिकटक लाईभमार्फत भएको आम्दानीबाट सेवा केन्द्रमा सहयोग गरेको बताएका छन् । उनले केन्द्रलाई छ पेटि चाउचाउ, २ दर्जन बिस्कुट, मिठाइँ र फलफूल वितरण गरेका हुन । आफ्नो आम्दानीबाट असहायलाई सहयोग गर्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको बर्माले बताए ।
बेला–बेलामा विभिन्न सामाजिक कार्यमा गदैँ आएका बर्माले यसअघि अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पिडितलाई पनि सहयोग गरेको थिए । ‘आर्थिक अवस्था कमजोर भएका, समस्यामा परेकोलाई निरन्तर रुपमा सहयोग गदैँ आएको छौँ ।’ उनले असहायलाई सहयोग गर्दा उहाँको दैनिकी सहज हुन सक्छ, सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।’
सहयोग कार्यक्रममा अन्सु बर्मा ,बाशुदेव भट्ट , नवीन भट्ट , गायत्री भट्ट गीत, अमन सिंह , महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्