अनेरास्वयु कञ्चनपुरद्धारा ३ दिने अल्टीमेटमसहित उपकुलपतिलाई ज्ञापनपत्र

विद्यार्थीलाई ३० प्रतिशत छात्रवृत्तिसहित नियम विपरित गरिएका करार नियुत्ती खारेजीको माग

महेन्द्रनगर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन(अनेरास्वयु) कञ्चनपुरले ३ दिने अल्टीमेटमसहित सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार ८ बुदेँ मागसहित अनेरास्ववियु कञ्चनपुरले विश्वविद्यालयका उपकुलपति जोशीलाई ज्ञापनपत्र बुझाएको हो ।


अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले विद्यार्थीको हकहित विश्वविद्यालय सुधारका मागसहित ज्ञापनपत्र बुझाएको बताए । उनका अनुसार अनेरास्ववियुले नयाँ विद्यार्थी भर्नालगायतमा गरिएको शुल्क वृद्धी घटाउनु पर्ने, केन्द्रीय क्याम्पससहित आंङ्गिक क्याम्पसमा ३० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्ने, करार नियुक्ति खारेज गरि सेवा आयोगमार्फत प्राध्यापक तथा कर्मचारी भर्ना गरिनुपर्ने, राजनीतिक भागबण्डाको अन्त्य गरिनु पर्ने माग राखेको छ ।


त्यस्तै विश्वविद्यायलले सञ्चालन गरेका नयाँ कार्यक्रममा क्षमता र योग्यताका आधारमा रित्त पदपर्ती गरिनु पर्ने अनेरास्ववियुको माग छ । विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकमार्फत उपकुलपति जोशीलाई ज्ञापनपत्र बुझाईएको हो ।

विश्वविद्यालयको नेतृत्वले सरोकारवालासँग छलफल बिना नै आफुखुसी नियमविपरित काम गरिरहेको समेत अनेरास्ववियूको आरोप छ । त्यस्तै विश्वविद्यालयले आफु अनुकुल ऐन कानुन संशोधन गरेको भन्दैँ त्यसलाई खारेज गर्न पनि अनेरास्ववियुले माग गरेको छ । आफुको माग सम्बोधन नगरिएका तीन दिनपछि थप सशक्त रुपमा आन्दोलन अघि बढाईने अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रोकायाको भनाई छ ।


अनेरास्ववियु कञ्चनपुरको अघिल्लो पुर्ण बैठकले शिक्षा क्षेत्रमा विकृती हटाउन दबाव दिने र विद्यार्थीको हकहितमा प्रभावकारीमा काम गर्ने निणर्य गरेको थियो ।

ज्ञापनपत्र

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्