सरकारले तोके अनुसारको तलब पाएपछि शिक्षकले गरे नगर प्रमुख चन्दलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाका बालविकास शिक्षकले तलब पाएको खुसीमा नगर प्रमुख अशोककुमार चन्दलाई सम्मान गरेका छन्। नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले सरकारले तोके अनुसारको तलब नगरपालिकाले उपलब्ध गराएको भन्दै नगर प्रमुख चन्दलाई सम्मान गरेका हुन्।

बुधबार उनीहरुले एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख चन्दका साथै उप प्रमुख सुशीला सिँह, प्रमुख प्रशासकीय अधिकृतलाई मायाको चिनो समेत प्रदान गरेका हुन्। विभिन्न स्थानीय तहले सरकारले वृद्धि गरेको तलबसहितको सुविधा कार्यान्वयन नगरेको भन्दै विवाद तथा आन्दोलन समेत गरेकामा वेदकोट नगरपालिकाले भने सहजै तलब निकासा गरेको बताइएको छ।

नगरपालिकाले सरकारले तोके अनुरुपकै कार्तिक महिनासम्मको १५ हजारका दरले तलब निकासा गरेको र शिक्षकहरुले सो तलब बुझिसकेका नगर प्रमुख चन्दले बताए। उनका अनुसार नगरपालिकाभित्र जम्मा २४ वटा सामुदायिक विद्यालय रहेका छन्।
विगतमा बालविकास शिक्षकलाई मासिक ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराइँदै आइएकामा आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा संघीय सरकारले उक्त पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्याउने घोषणा गरेको थियो। जसमा संघीय सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार व्यहोर्नुपन उल्लेख थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्