प्रधानमन्त्री कप महिला क्रिकेटः सुदूरपश्चिम सेमिफाईनलमा प्रवेश


धनगढी । सुदूरपश्चिम प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा विहीवार विहान भएको खेलमा जित हात पार्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको हो । समुह बी अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ८७ रनले हराएको हो ।
पहिलो खेलमा जितेको सुदूरपश्चिमले दोस्रो खेलमा एपिएफसँग हार व्यहोरेको थियो । तीन खेलमा दुईमा जित र एकमा हार सहित चार अंक जोडेको सुदूरपश्चिमले सेमिफाईनलमा स्थान बनाउन सफल भएको हो । टस हारे सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट क्षतिमा १४३ रन बनायो ।

सुदूरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी सहित ५० रन बनाईन् । त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाईन् ।

प्रदेश २ का लागि विमला मगरले २ विकेट लिईन् । त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक एक विकेट लिईन् । १४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ५६ रन मात्रै बनाउन सक्यो । प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाएको हो । प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २ विकेट लिईन् । ईश्वरी विष्टले १ विकेट लिईन् । सुदुरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्