नेपाल बैंक महेन्द्रनगर शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रममा जोड

महेन्द्रनगर । नेपालको पुरानोे बैंक नेपाल बैंक लिमिटेडले बैकिङ सेवासँगै वित्तिय साक्षरता कार्यक्रममा जोड दिएको छ । सोही अन्र्तगत आईतबार बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकास्थित अमिटी कलेजमा ‘अबको चरण, वित्तिय समावेशिकरण’ भन्ने नाराका साथ वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


वित्तिय साक्षरता कार्यक्रममा बैंकका प्रादेशिक कार्यालय प्रमुख जनक प्रशाद सुवेदीको प्रमुख अतिथ्यता रहेको थियो । बैंकले पछिल्लो समय निरन्तर रुपमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।


नेपाल बैंक लिमिडेट महेन्द्रनगर शाखा प्रवन्धक महेशराज जोशीले विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धि जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रममा बचत, बैक कर्जा, बजेट निर्माण, शेयरलगायतको बारेमा जानकारी गराएको थिए । साथै शाखा प्रवन्धक जोशीले नेपाल बैंकको स्थापना, बैंकिङ सेवाबारे पनि सहभागीलाई जानकारी गराएको थिए ।


पैसाको सुरक्षा र उपयोगका लागि सबैले बैकिङ कारोबारसँगै जोडिनु बताउदैँ शाखा प्रवन्धक जोशीले ‘प्रविधियुगसँगै अनलाईन बैकिङको सेवा विस्तार हुदैँ गईरहेकाले वित्तिय साक्षर अभियान अत्याआवश्यक छ, यसबारे सबैले जानकार हुनुपर्छ, बैकले वित्तिय सारक्षतालाई अभियानको रुपमा अघि बढाएको छ ।’ उनले भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana