यातायात कार्यालयमै डाक्टर, सेवाग्राहीलाई सहज

महेन्द्रनगर । सवारी चलाक अनुमती पत्र(लाईसेन्स) पाउन शारिरिक निरोगिता पत्र अनिवार्य गरिएको छ । सोही पत्र लिन यातायात व्यवस्था कार्यालयका सेवाग्राही चुर्को मुल्य तिर्ने गर्दर्थे । कार्यालय बाहीरका सेवा काउन्टरबाट सेवाग्राहीले निरोगिता प्रमाण पत्र पाउथेँ ।
तर अहिले कार्यालयले सेवा व्यवस्थीत र सेवाग्राही मैत्री बनाउदैँ लगेको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको दर्ता चलानी फाँटसँगै रहेको हेल्थ डेस्कको व्यवस्था गरेदिएपछि सेवाग्राहीले निरोगिता पत्र पाउन सहज भएको छ । यातायात व्यवस्था कार्यायलले सेवाग्राहीको सहजताका लागि कार्यालयमै चिकित्सकको व्यवस्था गरेपछि सेवाग्राहीलाई सहज भएको हो ।

कार्यालयले सेवाग्राहीको सहताका लागि कार्यालयमै चिकित्सकलाई बस्ने व्यवस्था मिलाईएको जनाएको छ ।
यातायात व्यवस्था कार्यायल प्रमुख विनोद कुमार मालीले सेवाग्राहीको सहताका लागि कार्यालय सहजीकरण गरेको बताए । उनका अनुसार निरोगिता प्रमाण पत्र दिएवार्फत एक सय ६० रुपयाँ मात्रै लिने गरि कार्यालयमै परिसरमै चिकित्सकको व्यवस्था गरिएको हो ।
‘बाहिरबाट निरोगिताको पत्र बनाउँदा सेवाग्राहीले दुई देखि पाँच सय रुपयाँसम्म तिर्नुपथ्यो, न्युनतम मुल्यमा सेवा दिनेगरि प्रस्तावना अह्वान गरेर कार्यालयले सेवा सम्झौता गरेको छ ।’ कार्यालय प्रमुख मालीले भने ‘यसबाट सेवाग्राहीलाई सेवा लिन सहज भएको छ भने आर्थिक रुपमा पनि सहुलियत भएको छ, कार्यालयले दुई जना डाक्टरलाई चेकजाँच गरि सेवा दिन ठाउँ उपलब्ध गराएको हो ।’ सेवाग्राहीको सहजताका लागि कार्यालय सहजीकरण गरि दिएको उनको भनाई छ ।
डाक्टर गणेश सिंह भण्डारी र चन्दन सिंह विष्टसँग सेवाग्राहीको आवश्यक स्वास्थ्य चेकजाँच गरि सेवा दिन गत मंसिर १७ गते कार्यालय सम्झौता गरेको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana