आधुनिक र वैज्ञानीक कृषि प्रणाली भित्र्याउन भीमदत्तले युवालाई दक्षिण कोरिया पठाउँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानीक प्रविधि भित्र्याउन स्थानीय युवाहरुलाई दक्षिण कोरिया पठाउने भएको छ । नगरपालिकाले मौसमि कृषि श्रमिकहरुलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेश्नल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको हो ।
कार्यपालिकाबाट अनुमोदन गरि सम्झौता पत्र मंगलबार इन्टरनेशनल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशलाई पठाईएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो । उहाँका अनुसार आधुनिक तथा वैज्ञानीक कृषि प्रणाली विकासमा फड्को मारेको दक्षिण कोरियाको सिप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय युवाहरुलाई त्यहाँ पठाउन लागिएको हो ।
‘कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि भीमदत्त नगरपालिका कृषिमा वैज्ञानिक र आधुनिक प्रणालि भित्र्याउन चाहन्छ ।’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘केही समयका लागि युवाहरु विदेश जानु हुन्छ, त्यहाँको सीप र प्रविधि सिक्नु हुन्छ र फर्केर स्वदेशमै त्यसकोे उपयोग गर्नुहुन्छ । यसले कृषिमा वैज्ञानिक प्रणाली विकास त हुन्छ नै कृषी उत्पादनले समग्र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउँछ ।’
कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक विकास गर्नुका साथै शिक्षित बेरोजगारी हटाउने उद्देश्यले नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताको लागि अग्रसरता देखाएको नगर प्रमुख विष्टको भनाई छ ।
भीमदत्त नगरपालिकामा कम्तिमा ३ वर्ष भन्दा बढी स्थायी बसोबास गरेका ३० देखि ४५ वर्ष उमेर समूहका, अङ्ग्रेजी वा कोरियन भाषाको ज्ञान भएका युवाहरुलाई भीमदत्त नगरपालिकाले छनौट गरि कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ ।
उक्त सम्झौता अनुसार करार अवधि ३ देखि ५ महिना हुने (रोजगारदाताको इच्छा अनुसार बढी पनि हुन सक्ने) र न्यूनतम् मासिक तलब १ लाख ८० हजार रहेको बताईएको छ ।
मौसमी कामदार कार्यक्रम इन्टरनेश्नल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशको अन्तिम पत्र आएपछि सुरु हुने नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाले अर्वन ट्रेनिङ्ग सेन्टरले माग गरे अनुसार सिमित संख्यामा युवाहरु छनौट गरि सिफारिस गर्नेछ । श्रम मन्त्रालयको अनुमतिका लागि नगरपालिकाले तयारी भईरहेको जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana