पौष १५ स्मृति दिवश : स्व. आत्माराम ओझा, एक मुर्धन्य साहित्यिक व्यक्तित्व

शरदचन्द्र ओझा,

भवानीयापुर-१४, नेपालगञ्ज ।

२०७३ साल पौष १५ गतेको हिमाल खबर पत्रीकामा छापिएको एक खबर अनुसार, ६७ वर्षदेखि लेखनमा सक्रिय ओझाले साहित्य, इतिहास, संस्कृतिसम्बन्धी दुई दर्जन पुस्तक लेखेका छन् ।

२००६ सालमा ‘देवस्तुति श्लोकबद्ध भाषा’ पुस्तक सार्वजनिक गरेर लेखन यात्रा सुरु गरेका ओझाका स्वयम्वर, शरणार्थी राजकुमार, संक्षिप्त सरल नेपाली रामायण, कृष्णायान, तीला, नेपाल प्रजातन्त्र सुकृति विकृति शतक, सुपको इतिहास परिचय, विविधा, रुवस, त्रिविधा, सुविधा, राजा नागमल्ल, प्रतिचर, मधुरिमा, संजीवनी लगायतका पुस्तक चर्चित छन् ।

उनका स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा सयौं फुटकर रचना प्रकाशन भएका छन् । ८६ वर्षमा २५औं पुस्तक। त्यो पनि इतिहासको चिरफार। इतिहासकार आत्माराम ओझाको पुस्तक नेपाली इतिहास मन्थन आफैंमा पूँजी हो। यसको भूमिकामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थीले भनेका छन्, ‘विगतमा इतिहासकारहरूले दृष्टि नपुर्‍याएका तथा प्रष्ट्याउन नसकेका कुराहरूलाई तथ्य प्रमाणका आधारमा प्रष्ट्याउने प्रयास यस पुस्तकमा भएको पाइन्छ।

‘कुमाउको इतिहासमा डोटीका राजा नाग मल्ल भारतको कुमाउ राज्यसँगको लडाइँमा मारिएको प्रसङ्ग, इतिहासकार डा. सूर्यमणि अधिकारीले अछाम राज्यका प्रथम राजा देवचन्द शाहको अस्तित्व स्वीकार नगरेको प्रसङ्ग, सूरतबहादुर शाहले लेखेको अछामको इतिहासमा उठाएका प्रसङ्ग तथा भारतीय इतिहासकार राहुल सांकृत्यायनको ‘कुमाउ’ पुस्तकमा उठाइएको रैनका देवपालको प्रसङ्गलाई गलत भएको दाबी गरेका छन्, इतिहासकार ओझाले।

पुस्तकमा इतिहासकार ओझाले महर्षि वेदव्यास बसेको दार्चुलाको व्यास क्षेत्रका बारेमा नयाँ तथ्य बाहिर ल्याएका छन् भने सम्राट चन्द्रगुप्त मौर्य मगर जातिका भएको उल्लेख गरेका छन्। सिंजा साम्राज्य, डोटी राज्य, राजा अजय पाल, ब्राह्मण कुमार विलल्ल भाष्करदेखि जगद्गुरु शंकराचार्यको शिष्य परम्परासम्मका कुरा उनले नयाँ कोणबाट लेखेका छन्।

यससँगै सुदूरपश्चिम क्षेत्र (सेती–महाकाली) को इतिहास पनि यस पुस्तकमा खोतलखातल गरिएको छ। स्वतन्त्रता प्रेमी झुली चन्द र नेपालको पहिलो शहीद बाकावीर बलदेव शाहका विषयमा पनि नयाँ कुरा बाहिर ल्याएका छन्, इतिहासकार ओझाले। विराङ्गना रानी पनेरुका बारेमा ऐतिहासिक तथ्य उजागर गरेका छन् भने इतिहासका केही प्रेम प्रसङ्गहरूलाई पनि ‘नेपाली इतिहास मन्थन’ मा अटाइएको छ।

यो उमेरमा ऐतिहासिक कुरा खोज, अनुसन्धान गरेर बाहिर ल्याउनु सहज होइन। यस पुस्तकमार्फत इतिहासकार ओझाले गरेको परिश्रम सम्मान गर्न लायक छ।

सोट्टाका डुबका अहा कति मिठा छाँछ बकली होइबरे,

तितौडा, सोट्टा, गहत, मुसुरको दाल छाँछ चूक हालिबरे ।

धनियाँ, दाडिम, आमकी चटनी लै दालभातसित होइबरे,

फाइवस्टार होटल नाँ गरन्याँ खानाइ सब खाइबरे ।।

घोगा गौंका रोटा फुल्क्या पन्याँ सय्या छाँछीबटुक खीर लै,

माणा झुनझुन्याँ पुरी बटुक सेल राइतो घिऊ दूध दै ।

नेथीको पलेउ माण कोइरालोः भुट्याकी छाँछ पाइया,

मोटो चावल लै बडो मिठो हुन्याँ थपी थपी आइन्थ्याँ ।।

लौकी तोरिया सिमी आलु कदु पिणौं भिण्डी करेला चोतो,

रायो चन्सुर पालङो बेथु गोभी खुर्सानी हरियो तोडो ।।

मानव जीवनलाइ स्वाद पौष्टिक दिन्याँ अनेक बस्तु छन्,

प्रकृतिले उपहार यो सरलता पुर्याइ दिइन् ।

सौगात यो सब उपलब्ध होइबरे लै जिबडाको थप स्वादको,

आफुइ झाः पशुपन्छि प्राणी हत्त्या गरनु महापाप हो ।।

(आत्मराम ओझा स्मृति ग्रन्थबाट)

सम्मान तथा पुरस्कार

  1. फारवेस्ट प्रा.लि. सम्मान पत्र तथा पुरुस्कार (२०५६)
  2. सुप साहित्य समाज धनगढी(कैलाली)द्वारा ५९ को साहित्य पुरुस्कार (२०६०)
  3. नेपाल प्रज्ञा प्रतिष्ठान र महाकाली साहित्य संगमद्वारा सम्मान पर र उपहार (२०६७)
  4. नेपाल सरकार संस्कृति मन्त्रालयद्वारा भानुभक्त साहित्य पुरुस्कार (२०७१)
  5. नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरुस्कार (२०७३) र
  6. बिनयसिंह रावल प्रतिष्ठान, काठमाडौंद्वारा पुरुस्कार सम्मान (२०७३)

आत्माराम ओझा

जन्म:      वि.सं. १९८७ मंगसिर १८ गते,बैतडी जिल्लाको बमराडा गाउँ

कार्यक्षेत्र:साहित्य, इतिहास

भाषा:     नेपाली भाषा

विधा:      गद्य तथा पद्य

विषय:    कविता, इतिहास, यात्रा संस्मरण, निबन्ध आदि

स्व आत्माराम ओझा (जन्म: वि सं १९८७ मंगसिर १८ गते)  बैतडी जिल्लाको दशरथचन्द नगरपालिका बमरडामा जन्मेका ओझाका इतिहास र साहित्यका गरी दुई दर्जन भन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।

सुदूरपश्चिममामा बसेर कलम चलाई रहनु भएका साहित्यकार तथा इतिहासकार थिए । २०७३ साल पौष १५ गते का दिन वहाँले यस धरतीलाई सदाका लागि त्याग गर्नुभएको थियो, र आफुलाई सु प क्षेत्रमा आफ्ना अजँबरी कृतीहरुका माध्यमले सदा सर्वदा जिवित राख्नु भएको छ ।

आफ्नो सरकारीसेवाबाट सेवानिवृत भए पछिको सम्पुर्णजसो समय वहाँले साहित्यलाईनै दिनु भयो भने वहाँको यहि समयमानै धेरैजसो पुस्तकहरु नेपाली समाजलाई दिनुभएको हो ।पुत्रको रुपमा वहाँको पछिल्लो समयलाई बिश्लेषण गर्दा पुस्तक पढन र पुस्तक लेख्नमा तल्लिन रहनुभएको देखिन्थ्यो ।स्थानिय पत्रपत्रीका तथा राजधानीबाट प्रकासित हुने पत्रीकामा समेत वहाँको नियमित लेखहरु प्रकासित भईनै रहन्थ्यो ।

आज पौष १५ वहाँले यस धरतीलाई छोडनु भएको दिन,वहाँको स्मृती दिवस भएकोले वहाँप्रती हार्दिक श्रद्धाँजली अर्पण गर्दै पुन एकपटक वहाँको मुर्धन्य साहित्यिक ब्यक्तित्वलाई प्रणाम गर्न चाहन्छु ।

ईती शुभम

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort