महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले गठबन्धन गरेर नै अगामि निर्वाचनमा जान आफुहरु तयार रहेकाे बताएका छन् । उनले सरकार चलाउन गठबन्धन आवश्यक रहेको स्पष्ट पार्दै आम निर्वाचनमा पनि मिलेर जादा पार्टीलाई सहज हुने धारणा रहेका छन् ।
शुक्रबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरु दलसँग मिलेर जान आफुहरु लचिलो रहेकाे बताएका हुन्। ‘हामी अहिले गठबन्धनकाे सरकार चलाई रहेका छाैँ, अगामि निर्वाचनकाे सन्दर्भमा पार्टिमा छलफल भईसकेकाे छैन तर अरु साथिहरुसँग मिलेर जाने कुरामा हामी लचिला छाैँ ।’ उनले भने।
साथै उनले लामाे समयदेखि रहेकाे आरक्ष पीडितकाे समस्या पनि १/२ हप्तामै समस्या समाधान हुने बताए । ‘आरक्ष पीडितको समस्या समाधानका लागि ३१ वटा आयोग बने । ती आयोगबाट पनि समस्या समाधान भएन,’ उनले भने, ‘करिब २ हजार परिवारले दुःखद जीवन बिताइरहेका छन् ।’
आरक्ष पीडितका समस्या समाधानका लागि वन मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनले बताए । ‘वन मन्त्रालयले १\२ हप्ताभित्र ठोस दृष्टिकोण बनाउने भनेको छ,’ उनले भने, ‘त्यो भयो भने आरक्ष पीडितका समस्या चाडै समाधान हुनेछन ।’
सुकुम्बासीहरुको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने उनी बताउँछन् । ‘बहुमत प्राप्त गरेको सरकारले एक जनालाई जग्गा धनी पूर्जा वितरण गरेन,’ उनले भने, ‘केन्द्रमा भूमिहीन आयोग गठन भएको छ, अहिले सरकारले लालपुर्जा वितरण गर्छ ।

