एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओलीनिवास बालकोटमा वार्ता भएको छ । दुई नेताबीच वार्ता जारी छ ।

निरन्तर संसद अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो ।

आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्योदश ल्याएकोमा र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै ओली निकै रुष्ट छन् ।

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन । ओली–देउवाको भेटले जारी गतिरोध अन्त्य हुने आश गरिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्