भारतमा एकैदिन १ लाख ४१ हजार काेराेना संक्रमित, दिल्लीमा कर्फ्यु

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका १ लाख ४१ हजार ९८३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले २८५ जनाको मृत्यु भएको छ ।
४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको छ । एकैदिनमा एक्टिभ केसमा एकलाख वृद्धि भएको छ ।
लगातार दोस्रो दिन भारतमा संक्रमित संख्या एकलाख माथि छ । सबैभन्दा बढी महाराष्ट्र राज्यमा ४० हजार ९२५ केस देखिएका छन् । बंगालमा १८ हजार २१३ र दिल्लीमा १७ हजार ३३५ संक्रमित देखिएका छन् । राजधानी दिल्लीमा शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । यो दौरानमा सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अनुमति छैन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort