पुर्वराज्य मन्त्री रावलद्वारा महाकाली जनसेवा माविकाे चार काेठे भवन उद्वघाटन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका  पुर्वराज्य मन्त्री एवम् प्रदेश सभा सदस्य प्रकास रावलद्वारा महाकाली जनसेवा माविकाे चार काेठे भवन उद्वघाटन गरिएको छ। एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला सह–इन्चार्ज समेत रहेका पुर्व राज्यमन्त्री रावलको  पहलमा भीमदत्त नगरपालिका ७ हल्दुखालमा रहेको महाकाली जनसेवा माविमा आधुनिक भवन निर्माण गरिएको थियाे । शनिबार एक कार्यक्रमका विच महाकाली जनसेवा माविकाे भवन निर्माण गरिएकाे हाे ।
पुर्वमन्त्री एव प्रदेश सभा सदस्यका स्वकीय सचिव ईन्द्रसिह ठगुन्नाले पुर्वराज्यमन्त्री  रावलकाे  पहलमा सामाजिक विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ काे कार्यक्रम अन्तर्गत भवन निर्माण  गरिएको बताए ।
त्यस्तै भीनपा १० तिलकेनीमा खप्तड सहकारी भवन पनि  उद्घाटन गरिएको छ ।  महाकाली जनसेवाको ४ कोठे भवन ३८ लाख र खप्तड सहकारीको १८लाखको भवन रहेको हाे ।
भवनकाे उद्घाटन गर्दै पुर्वराज्य मन्त्री रावलले प्रदेश सरकारले समग्र बिकास र निमार्णका लागि काम भईरहेकाे बताए  । साथै भवन निर्माणले विद्यालयकाे पठनपाठनमा सहयाेग पुग्ने उनले बताए  ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्