सुदूरपश्चिम प्रजातान्त्रिक वन प्राविधिक संघको २१ सदस्यीय कमिटि चयन

महेन्द्रनगर । सुदूरपश्चिम प्रजातान्त्रिक वन प्राविधिक संघको २१ सदस्यीय कमिटि चयन गरिएको छ । शनिबार धनगढीमा सम्पन्न प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपाल, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेसनबाट राम औतार चौधरीको अध्यक्षतामा २१ सदस्यीय कमिटि सर्वसम्मतिले चयन गरिएको हो । प्रजातान्त्रिक वन प्राविधिक संघको उपाध्यक्षमा केशव कुमार मलाशी , विश्वराज पण्डित, धनशेर थापा, टन्क रावल, राम मिलन राना र अनिशा मरहट्टा तथा सचिवमा हेमचन्द्र जोशी, सह–सचिवमा नरेशचन्द्र कर्ण, रामचन्द्र अवस्थी, कोषाध्यक्षमा टेकेन्द्र शाह चयन भएका छन् ।

त्यस्तै सदस्य दिपक बहादुर खड्का, योगेन्द्र सिंह, कमलेश कुश्मी , ताहा हुसैन मिकरानी, जिवछ यादव, अनिल सिंह, दाङ बहादुर थापा, पुरनदेव मिश्र, जानकी भण्डारी र निम बहादुर चौधरी निर्वाचित भएका छन ।
प्रथम अधिवेशनबाट निर्वाचित प्रदेश उपाध्यक्ष केशव मलाशीले वन क्षेत्रको विकास तथा समृद्धीसँगै पेशाकर्मीको हिकहितका लागि काम गर्ने बताए । उनका अनुसार सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि समिति चयन गरिएको छ । साथै समितिले वन क्षेत्रका विविध सवालहरुलाई उठान गरी अगाडि बढने उनको भनाई छ । प्रदेश अधिवेशनले आईतबार सुदुरपश्चिम घोषणा पत्र जारी गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रदेश संयोजक राम औतार चौधरी अध्यक्षतामा भएको प्रदेश स्तरीय प्रथम अधिवेशनको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय केन्द्रीय सदस्य तथा पुर्व मन्त्री एन.पी साउद रहेका थिए । भने विशिष्ट अथिति उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव देवेशमणी त्रीपाठी , केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता डा. रण बहादुर रावल केन्द्रीय सदस्य सुशिला भट्ट रहेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्