नेतृत्व छान्न निर्वाचनतर्फ अघि बढ्याे एमाले कञ्चनपुर, सहमतिकाे प्रयास पनि जारी

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको नयाँ नेतृत्व चयन प्रक्रिया निर्वाचनमा धकेलिएको छ। अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व छान्न प्रक्रिया थालिएको हो। 
निर्वाचन समितिले चुनावको कार्यतालिका निकालेको छ। प्रमुख निर्वाचन अधिकृत हिक्मत बहादुर चन्दका अनुसार सोमबार दिउँसो २ बजेदेखि निर्वाचन गर्ने तयारी भएको छ। 
एमाले कञ्चनपुरको अध्यक्षका लागि वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट मुख्य आकांक्षी देखाएका छन्। निर्वाचन तालिम सार्वजनिक भए पनि अन्तिम सहमतिकाे प्रयास भने जारि रहेको एमाले स्रोतले जनाएकाे छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्