‘युवा प्रशिक्षण र सु–संस्कृत राजनीतिका लागि उम्मेदवारी’ नेता देवकोटा

महेन्द्रगर । कञ्चनपुरको युवा राजनितिमा लामो समय खर्चिए रविन्द्र देवकोटाले जिल्ला कमिटिको युवा सदस्यतर्फ उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमाले कञ्चनपुरको आठौँ अधिवेसनमा सोमबार युवा नेता देवकोटाले युवा सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।

हाल जिल्ला कमिटिको स्वास्थ्य जनसंख्या तथा वातावरण विभागका सदस्य रहेका देवकोटाले युवा प्रशिक्षण र सु–संस्कृत राजनीतिका लागि आफुले उम्मेदवारी दिएको उनले बताए । उनी राजनीतिसँग सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन ।
२०६२\६३ को जनआन्दोलनबाट सक्रिय राजनीतिमा लागेका देवकोटासँग पार्टी र भातृ संगठनको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । करिब १० वर्ष नेकपा एमाले भीमदत्त नगरपालिका १८ को वडा कमिटि अध्यक्ष रहेका देवकोटाले अखिल युथ फोर्स, अनेरास्ववियूको जिल्ला कमिटि सदस्य, युवा संघ नेपालको जिल्ला कमिटि सदस्य, महाकाली अञ्चल कमिटि कोषाध्यक्ष, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेर काम गरिसकेका छन् ।

युवाहरुमा सु–संस्कृत राजनीतिको विकास, उद्यमशिलता र सेवामुखी राजनीतिका लागि आफुले उम्मेदवारी दिएको नेता देवकोटाको भनाई छ । ६ जना युवा सदस्यका लागि करिब एक दर्जन प्रतिनिधिको उम्मेदवारी परेको बताईएको छ । सोमबार निर्वाचन हुने भनिए पनि निर्वाचन प्रक्रिया लम्बिने भएको छ ।

सहमतीमा नेतृत्व चयन असफल भएपछि वर्तमान अध्यक्ष विर बहादुर थापा र पार्टी सविच सुरेन्द्र विष्टबिच अध्यक्ष पदका लागि चुनावि प्रतिस्पर्धा हुने देखिएको छ । देवकोटाले विष्ट प्यानलबाट उम्मेदवारी दिएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्