एमाले कञ्चनपुरको अध्यक्षका लागि पातल र बिष्टको उम्मेदवारी

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्टले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उपल्लो नेतृत्वले दुबै जनाका बीचमा सहमति गराउने प्रयास गरेपनि सफल भएन । पातल र बिष्टले अध्यक्षको अडान नछाडेपछि निर्वाचन प्रकृया अघि बढेको छ ।
उपाध्यक्षमा महेश पन्त, चिनी गिरी र लक्ष्मी बुढाको उम्मेदवारी परेको छ । सचिवमा अशोककुमार चन्द र पल्बराज भट्टले उम्मेदवारी दिएका छन् । यसैगरी उपसचिवमा फैरु तामाङ, कर्णबहादुर चन्द, ईश्वरा कुँवर र शेरबहादुर चन्दको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
सोमबार निर्वाचन हुने भनिए पनि निर्वाचन प्रक्रिया लम्बिने भएको छ । सहमतीमा नेतृत्व चयन असफल भएपछि वर्तमान अध्यक्ष विर बहादुर थापा र पार्टी सविच सुरेन्द्र विष्टबिच अध्यक्ष पदका लागि चुनावि प्रतिस्पर्धा हुने देखिएको हो । वर्तमान अध्यक्ष समेत रहेका थापा माओवादी पृष्ठभूमिका हुन । भीमदत्त नगरपालिका बिष्ट एमाले कञ्चनपुरमा अहिले सचिव छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्