विष्टले पातललाई अध्यक्ष स्विकार्दा पनि कसले भाडे सहमति ?

महेन्द्रनगर । नेकपा एमालको जारी आठौं महाधिवेशन अन्तरगत सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । महाधिवेशन उद्घाटन भएको ४ दिनसम्म सहमतिको प्रयास गर्दा पनि असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको हो ।
सोमबार उम्मेद्वारी दर्ता प्रक्रिया अन्तरगत अध्यक्षका लागि वर्तनमान अध्यक्ष वीर बहादुर थापा पातल र सचिव सुरेन्द्र विष्टले उम्मेद्वारी दिएका छन् । यसैगरि उपाध्यक्षका लागि लक्ष्मी बुढा र महेश पन्तले उम्मेद्वारी दिएका छन् । सचिवमा पल्लवराज भट्ट र अशोक चन्द तथा उप सचिवमा फैरु तामाङ, कर्ण बहादुर चन्द, शेर बहादुर चन्द र इश्वरा कुंवरले उम्मेद्वारी दिएका छन् ।
नेकपा विभाजनपछि माओवदी केन्द्र छाडेर एमालेमा आएका पातललाई जिल्ला अध्यक्ष बनाउनेगरि लगभग सहमति भइसकेको थियो । यसमा अध्यक्षका अर्का उम्मेद्वार विष्ट पनि पातलकै नेतृत्वमा जिल्ला कमिटी सचिव बस्न तयार भएका थिए । तर पातल समुहकै केही नेता सहमतिको बाधक बने । विष्टलाई सचिव समेत स्विकारेनन् ।
‘कार्यकर्तामा विभाजन नआओस र एकताको सन्देश जाओस भनेर उहां(सुरेन्द्र)अध्यक्षको दावी छाडेर सचिवमा बस्न तयार भएका हुन्,’ सहमतिका लागि छलफलमा सहभागी एक नेताले भने, ‘तर पातल समुहकै केही नेताहरुले सहमति हुन दिएनन् ।’ उनका अनुसार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द र एमालेका केन्द्रीय सदस्य राजेन्द्र रावल लगायतका केही नेताले विष्टलाई जसरी पनि कमिटिबाहिर राख्न खोजेका कारण सहमति हुन नसकेको हो ।
वर्तमान जिल्ला कमिटीमा सहमति जुटेमा त्यसैलाई कायम गरेर जान एमाले अध्यक्ष केपी ओलीले समेत सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टमार्फत सन्देश पठाएका थिए । यसमा लगभग सहमति जुटिसकेको पनि थियो । तर तिनै नेताका कारण सहमति हुन नसकेको स्रोतको दावी छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्