त्यसकारण एमाले कञ्चनपुर हाक्ने बलिया र सबल उम्मेदवार हुन् सुरेन्द्र विष्ट

महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरको ८औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बनेका सुरेन्द्रबहादुर विष्टको राजनीतिक पृष्ठभूमि गर्विलो र सामाजिक सक्रियता लोभलाग्दो  छ । विष्टले पार्टी राजनीति सँगसँगै सामाजिक अभियन्ताको भूमिका समेत उत्तिकै सक्रियताका साथ निभाएका छन् । हाल जिल्ला पार्टी सचिव रहेका विष्ट अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बनेका छन् । अर्का आकांक्षी वीरबहादुर थापा ‘पातल’लाई अध्यक्ष स्वीकारेर आफू सचिव बस्न विष्ट तयार भए पनि पातल पक्षले विष्टलाई सचिव पनि हुन नदिने अडान लिएपछि सहमति हुन नसकेको हो । लामाे समय देखि सक्रिय राजनीतिमा रहेका विष्टसँग पार्टिका विभिन्न कमिटी बसेर काम  गरेकाे अनुभव छ । साेहि अनुभवले नै उनी सबल नेतृत्व का प्रबल दावेदार देखिएका छन् ।

यस्तो छ विष्टको राजनीतिक पृष्ठभूमि –
– विक्रम संवत् २०४७ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटी सहसचिव
– विक्रम संवत् २०४९ सालमा अनेरास्ववियु सिद्धनाथ बहुमुखी क्याम्पस कमिटी सचिव
– विक्रम संवत् २०४९ सालमा अनेरास्ववियुका तर्फबाट सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु सचिवको प्रत्यासी
– अनेरास्ववियुको चौथो जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सचिव
– अनेरास्ववियुको पाँचौं जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक
– अनेरास्ववियुको प्रथम महाकाली अञ्चल सम्मेलनको आयोजक कमिटी सदस्य
– युवा संघ नेपालको जिल्ला कमिटी सचिव
– विक्रम संवत् २०५३ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु सभापति
– विक्रम संवत् २०५४ सालमा स्ववियु काउन्सिलको केन्द्रीय सदस्य
– विक्रम संवत् २०५४ सालमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुदूरपश्चिम व्युरो प्रमुख तथा विभाग प्रमुख
– नेकपा एमाले भीमदत्त नगर कमिटी सदस्य
– युवा संघ नेपाल जिल्ला कमिटी संयोजक
– विक्रम संवत् २०६३ नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुर सदस्य
– विक्रम संवत् २०६६ सालमा नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुर उपसचिव तथा प्रचार विभाग प्रमुख
– विक्रम संवत् २०६९ सालमा नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुर सचिव तथा संगठन विभाग प्रमुख
यसैगरी विष्टले ठूल्ठूला राजनीतिक र सामाजिक आन्दोलनमा समेत सक्रियतापूर्वक सहभागिता जनाएका छन् । टनकपुर सन्धि विरुद्धको आन्दोलन, पूर्णागिरी मार्च, ३३ प्रतिशत विद्यार्थी सहुलियत आन्दोलन, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाको आन्दोलनमा कञ्चनपुर जिल्लाबाट विष्ट अग्रपंक्तिमा रहेका थिए ।
यसैगरी विष्ट विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व पंक्तिमा रहेका छन् । नेता विष्टको सामाजिक संघसंस्थाको आवद्धता यस्तो छ –
– सहिद भीमदत्त स्मृतिकोष सचिव
– दक्षिण एसिया अध्ययन तथा विकास केन्द्र महासचिव
– मानव अधिकार संरक्षण मञ्च अध्यक्ष तथा केन्द्रीय सदस्य
– मानव अधिकार एलायन्स सचिव
– मानव अधिकार अनुगमन समिति सदस्य
– लोकतन्त्र र दीगो शान्तिका लागि नागरिक आन्दोलन संयोजक
– गैरसरकारी संस्था महासंघ नेपाल कञ्चनपुर अध्यक्ष, क्षेत्रीय अध्यक्ष, केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्र्चाज
– श्री बैजनाथ नमूना उच्च मावि महेन्द्रनगर अध्यक्ष
– श्री सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य र अध्यक्ष
– महाकाली नदी तथा सीमा सरोकार समूह सदस्य
– सामुदायिक विद्यालय संघ सदस्य
– नेपाल पब्लिक क्याम्पस संघ केन्द्रीय सदस्य एवं महाकाली संयोजक
– सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संस्थापक अध्यक्ष
– सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष तथा प्रवर्धन समिति सहसंयोजक
– सुदुरपश्चिमाञ्चल विश्वविद्यालय क्याम्पस समायोजन समिति सदस्य

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्