महेन्द्रनगर । पछिल्लो समय टिकटकमा चर्चित अंशु वर्माले निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । जहाँ दिन दुखी र त्यहाँ हाम्रो टिम भन्ने नाराका साथ बर्मा सामाजिक कार्यमा लागि परेका छन् । सोही अभियान अन्र्तगत टिकटक स्टार बर्माले बुधबार कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित महेन्द्रनगर राजमार्गमा रहेका एक सडक वृद्धलाई सहयोग गरेका हुन् । उनले टिकटक लाईभमार्फत भएको आम्दानीबाट वृद्धलाई सहयोग गरेको बताएका छन् । उनले वृद्धलाई चाउचाउ, विस्कुट, फलफूल र लुगा कपडा वितरण गरेका
हुन । बेला–बेलामा विभिन्न सामाजिक कार्यमा गदैँ आएका बर्माले यसअघि अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पिडितलाई पनि सहयोग गरेको थिए । ‘आर्थिक अवस्था कमजोर भएका, समस्यामा परेकोलाई निरन्तर रुपमा सहयोग गदैँ आएको छौँ ।’ उनले असहायलाई सहयोग गर्दा उहाँको दैनिकी सहज हुन सक्छ, सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।’
उत्त कार्यक्रममा बाशुदेव भट्ट , नवीन भट्ट , गायत्री भट्ट गीत , महेन्द्र सिंह, सिमा गुप्ता, प्रकृति भट्ट लगायतको सहभागिता रहेको थियो ।
