वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जोशीद्वारा हात्ती पीडित परिवारलाई खाद्यान्न


कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले हात्ती पीडित परिवारलाई खाद्यान्न दिएका छन ।
भीमदत्त नगरपालिका १९ बाँगफाटाका तीन हात्ती पीडित परिवारलाई खाद्यान्न दिएका हुन ।
बाँगफाटाका स्थानीय कलावती भाट घाईते सहित भाटका तीन परिवारको घरमा जंगली हात्तीले क्षति गरेको थियो ।
‘म बिहान हात्ती प्रभावित क्षेत्रमा गएको थिए, ‘वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले भने, ‘उनीहरुको अवस्था समेत दयनिय रहेको पाईयो, यो शितलहरमा आफ्नो तर्फबाट समाजिक काम गरेको बताए ।’ उद्योगी व्यवसायी एव समाजसेवी समेत रहेका जोशीले हात्ती पीडित परिवारलाई आधारभूत आवश्यकता दाल चामल सहितको खाद्यान्न वितरण गरेका छन । बरिष्ठ उपाध्यक्ष जोशीले खाद्यान्न राहत दिएसंगै हात्ती पीडित परिवार हर्षित भएका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्