अध्यक्ष विष्टले गरे पदभार ग्रहण, बलियो र सुदृढ एमाले बनाउने प्रतिवद्धता

महेन्द्रनगर नेकपा एमाले कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र विष्टले पदभार ग्रहण गरेका छन् । पुस ३० मा सम्पन्न आठौँ अधिवेशसनबाट निर्वाचित अध्यक्ष विष्टले बुधबार पदभार ग्रहण गरेका हुन् । अध्यक्ष विष्टसँगै सचिव पल्लभराज भट्ट, सह–सचिव कर्ण बहादुर चन्द, र फैरु तामाङले पदभार ग्रहण गरेका छन् ।


पदभार ग्रहण गदैँ अध्यक्ष विष्टले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने बताए । उनले पार्टीमा सबैलाई मिलाएर जाने र बाहिर रहेकालाई भित्र्याउन पनि अभियान सञ्चालन गरिने बताए । स्थानीय तहको निर्वाचन नजिकिदैैँ गएको बताउँदै पार्टीले आम निर्वाचन जित्ने तयारीका साथ काम गर्ने उनले प्रतिवद्धता जनाए ।


‘अब चाडैँ स्थानीय तह निर्वाचन आउँदैछ, त्यसमा पहिला भन्दा बढी सीट ल्याउछौँ ’ उनले भने,‘स्थानीय तह मात्रै प्रदेश र संघ निर्वाचन सबैमा प्रतिपक्षीलाई जित्ने पार्टी बनाउने छौँ ।’ त्यस्तै कञ्चनपुर एमाले पार्टी विभाजनतर्फ लागेकाहरुका लागि घर फर्क अभियान सञ्चालन गर्ने जनाएको छ । वैचारिक छलफल मार्फत मत भिन्नतालाई चिर्दै नेता कार्यकर्तालाई एमालेमा फर्काउने पार्टीको योजना छ ।

साथै पार्टी सबै जनवर्गीय संगठनहरुलाई सक्रिय हुन आग्रह गदैँ केपी नेतृत्वको सरकारले गरेका कामहरु जनतामाफ पु¥याउन समेत अध्यक्ष विष्टले निर्देशन दिए । राष्ट्रियता, जनजीविका, देश विकासको सवालमा एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारको पालामा गरिएका कामकाजलाई लिएर एमाले सबै घरदैलोमा पुग्ने उनको भनाई थियो ।
‘लिपुलेक, कालापानीमा भारतीय अतिक्रमण विरुद्ध सरकार गम्भीर देखिदैन, यसमा कुटनीतिक नोट पठाउनु पथ्र्यो, त्यो हुन सकेन’ उनले भने,‘राष्ट्रियताको सवाल बोकेर जान्छौ, सबैको घरमा एमाले पुगाउने अभियान लिएर जान्छौ ।’


पदभार ग्रहण कार्यक्रममा एमाले कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, सह इन्चार्ज कृपाराम राना, पूर्व अध्यक्ष ईश्वरी प्रसाद खरेल लगायत नेताहरुले अध्यक्ष विष्टलाई खादा र टिका लगाए । एमाले कञ्चनपुरको पुस २३ गते आठौँ अधिवेषस सुरु भएको थियो । भने ३० गते निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट सपथग्रहण गराएका थिए ।

पातको छिट्टै उचित व्यवस्थापन हुन्छः ईन्चार्ज पाल


नेकपा एमालेकी पोलिट् व्युरो सदस्य एंव्म कञ्चनपुर ईन्चार्ज निरुदेवि पालले जिल्ला अध्यक्षमा पराजित भएका विर बहादुर थापा‘पातल’को छिट्टै व्यवस्थापन हुने बताईन् । उनले चुनावको परिणाम जस्तो भएपनि पातलको उचित व्यवस्थापन गरिने बताईन् । ‘उहाँ(पालत)लाई सर्व सम्मत अध्यक्ष बनाउने लामो प्रयास ग¥यौँ तर विविधि कारणवस् त्यो पुरा हुन सकेन् ।’ उनले भनिन् ‘पातल कमरेडकै राजिखुसीमा उहाँको छिट्टै उचित व्यवस्थापन हुन्छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्