फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाइएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै हवाई इन्धनको मूल्य पनि बढाइएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब आन्तरिक इन्धनको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर वृद्धि गरी ९९५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana