महेन्द्रनगरमा प्रहरीद्धारा मास्क खै अभियानः सचेतनासँगै मास्क वितरण

महेन्द्रनगर । कोरोना संक्रमणको तेस्रो लहर बढ्दै गईरहेका बेला नेपाल प्रहरीले महेन्द्रनगरमा ‘तपाईको मास्क खै’ अभियान सञ्चालन गरेको छ ।


सो अभियान अन्र्तगत कोरोना संक्रमण नियन्त्रणका लागि मास्क वितरणसँगै जनचेतना मुलक कार्यक्रम अघि बढाएको छ ।


सामुदाय–साझेदारी प्रहरी कार्यक्रम अन्र्तगत मास्क खै कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेयसहित कञ्चनपुर प्रहरी, वडा प्रहरी कार्यालय महेन्द्रनगर, ट्राफिक प्रहरी कार्यालय लगायतको सक्रिय सहभागिता रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्