एकैदिनमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ भने ८ लाख १८ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेका छन् । जसमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा एकैदिन थपिए ६ हजार ८९१ संक्रमित

६ माघ, काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००ज्ञ, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा ३६६, मोरङमा ३२६, सुनसरीमा २९८, रुपन्देहीमा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा १८७, कैलालीमा १७३, झापामा १७१, धनुषामा १२०, मकवानपुरमा ११६ र चितवनमा ११५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै तनहुँमा ५६, दाङमा ५२, सप्तरीमा ५१, सिरहामा ४८, पर्सामा ४५ र सुर्खेतमा ४० जना कोरोना संक्रमित थपिएका छन् भने कञ्‍चनपुरमा ३७, नुवाकोटमा ३६, बाँके र सिन्धुलीमा २८\२८ जना, सर्लाही, धादिङ, पाल्पा र डडेल्धुरामा २६\२६ जना, बारामा २५, महोत्तरीमा २४, दोलखामा २२, धनकुटा र नवलपरासी पश्‍चिममा २१\२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्