काठमाडौं , ११ माघ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं सांसद महेश बस्नेतले काठमाडौँको सुन्धारा स्थित कारागार कार्यालय जग्गनाथ देवल काठमाडौंको कारागारमा रहेका बन्दीहरुलाई लत्ता कपडा, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गर्नु भएको छ ।
युवासंघका इन्चार्जसमेत रहनु भएका पूर्व मन्त्री बस्नेतको आज परेको आफ्नो जन्मदिनको अवसर पारेर उहाँले कारागार कार्यालय जग्गनाथ देवल काठमाडौंको महिला सुधार गृहमा रहेका ३६८ महिला, १२ बालबालिका र २० जना विदेशी गरी कुल ४०० जना बन्दीहरुलाई लत्ता कपडा, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गर्नु भएको हो ।

विगतका जन्मदिनमा बिभिन्न ठाउँका वालगृह, सेवाघर, मानव सेवा आश्रम लगायतमा पुगेर आश्रितलाई खाना खुवाउदै आउनु भएका नेता बस्नेतले यसवर्ष भने कारागारको सुधार गृहमा रहेका बन्दीहरुलाई जुत्ता, सेनेटरी प्याड, माक्र्स, सेनेटाइजर, स्याम्पु, सावुन, चाउचाउलगायतका सामाग्रीहरु त्यहाँको जेलर मार्फत हस्तान्तरण गर्नुभएको हो ।
सामान वितरणको क्रममा सञ्चारकर्मीको जित्रासा मेटाउदै सांसद बस्नेतले मानव सेना नै धर्म हो भन्ने मान्यतालाई आफूले सानैदेखि आत्मासात गरेको भन्दै कोभिड–१९ ले आक्रान्त पारेको अबस्थमा कैन्दीबन्दीमा समस्या रहेको जानकारी पाएपछि सहयोग सामाग्री हस्तान्तरण गरेको बताउनुभयो ।
सामग्री हस्तान्तरणमा नेकपा एमाले केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतका युवा संघका नेताहरु र बस्नेतको परिवारको समेत उपस्थिति रहेको थियो ।