महेन्द्रनगर । निड्स नेपालले स्वास्थ्य कार्यालय कञ्चनपुरलाई एन्टिजेट किट सहयोग गरेको छ । सोमबार निड्स नेपालको कोभिड प्रतिकार्य परियोजना अन्र्तगत स्वास्थ्य कार्यालय कञ्चनपुरलाई तीन हजार पाँच सय थान एन्टिजेन किट हस्तान्तरण गरिएको हो ।
निड्स नेपालका परियोजना संयोजक केशब कुमार मलासीले कोरोना संक्रमण बढी रहेका बेला संक्रमण परिक्षणमा सहयोग पु¥याउने उद्देश्यका साथ किट सहयोग गरिएको बताए । उनका अनुसार केएर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कोभिड रिस्पोन्स पुल्ड फन्ड परियोजना अन्र्तगत स्वास्थ्य कार्यालयलाई किट उपलब्ध गराईएको हो ।
किट सामाग्री निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले कार्यालय प्रमुख शिवराज सुनारलाई हस्तान्तरण गरिन् । निड्सले सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको माग बमोजिम पाँच लाख ९५ हजार रुपयाँ बराबरको किट सहयोग गरेको हो । किट ग्रहण गर्दै कार्यालय प्रमुख सुनारले कोरोना संक्रमण बढी रहेको अवस्थामा एन्टिजेन किटले संक्रमण परिक्षणसँगै त्यसको नियन्त्रणमा मद्दत पुग्ने बताए ।
साथै उनले बेला–बेला निड्सले गदैँ आएको सहयोगका लागि धन्यवाद दिदैँ अगामी दिनमा पनि सहयोगको अपेक्षा राखे ।
त्यस्तै निड्स नेपालकी अध्यक्ष भट्टले एन्टिजेन किटले कोरोना संक्रमण परिक्षण गरि महामारी नियन्त्रणमा सहयोग पुग्ने बताईन् ।