१६ हजार ८८ परीक्षणमा ५ हजार २९२ जनामा संक्रमण पुष्टि

काठमाडौँ — विगत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ८८ कुल परीक्षणमा ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ७२० जनाको एन्टिजेन परीक्षणमा १८२० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेमा २४ घण्टामा ८ हजार १९१ जना रहेका छन् भने ८ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ ।
परीक्षणका आधारमा संक्रमण दर सोमबार ३२.३५ प्रतिशत छ भने सात दिनको औसत भने ३५.९९ प्रतिशत रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्