अनेरास्ववियु कञ्चनपुरद्वारा तत्काल स्थानिय निर्वाचन घोषणा गर्न माग

महेन्द्रनगर । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु कञ्चनपुरले तत्काल स्थानिय निर्वाचन घोषणा गर्न माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउदैँ तत्काल स्थानीय निर्वातन घोषणा गर्न अनेरास्ववियुले माग गरेको हो । अनेरास्ववियु कञ्चनपुर जिल्ला अध्यक्ष कमल रोकायालगायत विद्यार्थी नेताहरुले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत स्थानिय तहको समयमै निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
स्थानिय तहमा जनप्रतिनिधिको ५ बर्षे कार्यकाल सकिएपछि स्थानियतहमा शुन्यता आउने भन्दै सरकारले निर्वाचनको मिति तोक्न समेत अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको छ ।
संविधानको धारा २२५ को अपव्यख्या गर्दै स्थानीय तहको निर्वाचन नसार्न अनेरास्ववियुले खवरदारीका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका जिल्ला अध्यक्ष कमल रोकायाले बताए । ‘अहिलेको सरकारले संविधानको धारा २२५को अपव्यख्या गरी स्थानिय तहको निर्वाचन ६ महिना पछि सार्ने सडयन्त्र गरीरहेको छ,’ अध्यक्ष रोकायाले भने ‘संविधानको अपब्याख्या गरी स्थानीय तहको निर्वाचन नसार्न प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत खवरदारी गरेका हौ ।’

‘संविधानको धारा २१५ र २१६ ले स्थानीय तहका पदाधिकारीहरुको कार्यकाल ५ बर्ष ग्यारेन्टी गरेको छ । उनीहरुले ५ बर्षभन्दा एक दिन पनि बढी काम गर्न सक्दैनन् । अहिलेको स्थानीय तह २०४९ को जस्तो स्थानीय निकाय होईन, स्थानीय सरकार हो । संविधानले स्थानीय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरेको छ । संविधानको धारा २२५ ले भनेको कुरा स्थानीय संसद हो । धारा २२ र २२३ अन्तर्गत गाउँसभा र नगर सभामा मनोनयनका व्यवस्थालाई नै निर्वाचन भनिएको हो । संविधानका धारा २२५ ले स्थानीय तहको निर्वाचन पश्चात गाउँ र नगरसभा गटनका लागि समय लाग्छ भनेर ६ महिनाभित्र गाउँ नगर सभा निर्वाचन गर्न भनेको हो । धारा २२५ को अपव्इख्या गरी स्थानीय तहको निर्वाचन सार्न मिल्दैन ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
अनेरास्ववियुले संविधानको धारा २२५ अनुसार ६ महिना भित्र गाउँ र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपने छ भन्ने बुदालाई अपब्याख्या गर्दैै ऐन नै संसोधन गर्न गृहकार्य गर्ने कार्य अन्यान्तै निदनिय एवं संविधानसभाको संवैधानिक मनसाय विरुद्वको कार्य भएको भन्दै सत्तागठबन्धनलाई त्यस्तो नगर्न समेत समेत सचेत गराएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्