दार्चुला र धार्चुला जोड्ने मोटरेबल पुल बनाउन दुई पक्षीय सम्झौता

काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । पुल बनाउन भारतसँग मंगलबार भारत र नेपालबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका छन् ।

भारत सरकार र नेपाल सरकारले मन्त्रिपरिषद बैठकले महाकाली नदीमाथि मैत्री पुल बनाउन अनुमति प्रदान गर्ने निर्णय गरेका थिए । सडक विभागका महानिर्देशक शिवहरी सापकोटाका अनुसार भारतको उत्तराखणड सरकारको लगानीमा पुल बनाउने गरी एमओयू भएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्