काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५८३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ६७४ परीक्षण हुँदा ५ हजार ५८३ जना संक्रमित थपिएको मंगलबार जानकारी दिएको हो । यसमा एसएमएस र इमेलबाट प्राप्त विवरणसमेत समावेश गरिएको मन्त्रालयले प्रस्ट पारेको छ ।
१० हजार ७७६ पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ मा संक्रमण पुष्टि भएको र ६ हजार ८९८ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ९२६ मा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा निको हुनेको संख्या भने ८ हजार २६७ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
२४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर संक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ रहेको छ ।