कञ्चनपुरमा डेढ सय बढीले गरे राप्रपा प्रवेश

महेन्द्रनगर २० माघ । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आम जनताको झुकाव बढदै गएको छ । देशका विभिन्न स्थानमा राप्रपामा प्रवेश गर्र्नेहरुको लहर चलेको छ । यसैक्रममा कञ्चनपुरमा १ सय ५७ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बीच भीमदत्त नगरपालिका लगायत विभिन्न पालिकाबाट राप्रपामा प्रवेश गरेको राप्रपा भीमदत्त नगरपालिकाका नगर अध्यक्ष करन पालले बताए । उनका अनुसार विभिन्न पार्टी परित्याग गरेर एक सय ५७ जना राप्रपा प्रवेश गरेका हुन ।
भीमदत्त नगरपालिकाका सबै वडाहरुबाट जम्मा १ सय ३८, बेलडाडी गाउँपालिकाबाट २, कृष्णपुरबाट १ र बेदकोट नगरपालिकाबाट १६ जनाले विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन ।
हामीले लगभग ५०० को हाराहारीमा मान्छेहरु राप्रपामा प्रवेश गर्ने खबर पाएका थियौ तर बर्षाको कारणले सबै आउन असमर्थ रहेको नगर अध्यक्ष करन पालले बताए । बाँकीलाई क्रमशः प्रवेश गराउँदै लैजाने पनि उनले बताए । नगर अध्यक्ष पालले कञ्चनपुरमा यो अभियान सुरु भएको र अब प्रत्येक दिन यसैगरी राप्रपामा जनलहर बढदै जाने बताए । पार्टी प्रवेश कार्यक्रममा राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्दले हामी निस्वार्थ युवा र सक्षम युवाले एकढिक्का बनाएर अगाडि बढने बताउँदै समग्र कञ्चनपुरलाई मानव जीवनका अत्यावश्यक शिक्षा स्वास्थ्य लगायत बिजुली पानी आदिको निशुल्क सुविधा उपलब्ध गराउने कार्यमा लाग्ने बताए ।
हामी हिन्दु धर्म अनुयायी भएकाले अबदेखिको कार्यक्रममा मञ्चमा १ सिट सन्तहरुका लागि छुट्याईने उनले बताए । जिल्ला अध्यक्ष चन्दले पार्टीलाई शसक्त रुपमा अगाडी बढाउन युवाहरुसँग सहकार्य गरेर अगाडि बढने र राप्रपामय कञ्चनपुर बनाउने बताए । कार्यक्रममा प्रदेश अध्यक्ष धर्मराज जोशी लगायत नेता गणहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्