केहि व्यक्तीहरु कांग्रेसलाई बोकेर समाजवाद आउँछ भन्ने भ्रममा छन्
महेन्द्रनगर । सरकारले अगामी बैशाख ३० मा घोषणा गरेको स्थानीय निर्वाचनको तयारीमा जुट्न नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार कृष्णपुर नगर कमिटिको पुर्ण बैठकलाई सम्बोधन गदैँ पार्टी अध्यक्ष विष्टले यस्तो निर्देशन दिएका हुन् । उनले एमाले दबावपछि स्थानीय निर्वाचनपछि स्थानीय निर्वाचन घोषणा भएको उख्लेख गदैँ त्यसको तयारीमा जुट्न पार्टीका सबै तहमा नेता कार्यकर्ता निर्देशन दिएका हुन् ।

‘कमिटिका सबै साथिहरुले पार्टीको वैचारिक र सैद्धान्तिक धारणाबारे स्पष्ट हुनुपर्छ ।’ कृष्णपुरको राजघाट बैठकलाई सम्बोधन गदैँ अध्यक्ष विष्टले भने ‘केहि व्यक्तीहरु कांग्रेसलाई बोकेर समाजवाद आउँछ भन्ने भ्रममा छन्, पुजीवादलाई प्रोत्साहन गर्ने कांग्रेशले देशमा परिर्वतन ल्याउन सक्दैन ।’ उनले भने ।
साथै देशको परिर्वतनका लागि बृहत वाम एकताको आवश्यकता रहेको समेत उनले औल्याए । पार्टीको आन्तरिक चुनाव हारजितको विषय नभएको बताउँदै ‘आन्तरिक लोकतन्त्रले जिम्मेवारी परिर्वतन मात्रै हुन्छ, विचार र संगठनलाई बोकेर आम निर्वाचनमा पार्टी लैजानुपर्ने सबैको उत्तिकै जिम्मेवारी छ ।’

जिल्ला अधिवेशनमा अटाउन नसकेको नेताहरुको सम्मान जनक व्यवस्थापन जिम्मेवारी दिईने समेत उनले दावि गरे ।
त्यस्तै उनले एमालेका जनप्रतिनिधि र केपी ओली नेतृत्वको सरकारले गरेका कामहरु जनतामाझ लग्न र कमिटिको जिम्मेवारी पुर्ण रुपमा बहन गर्न समेत उनले आग्रह गरे ।
साथै पार्टीका जनवर्गीय संगठनलाई पनि पार्टीको वैचारिक र सैद्धान्तीक मर्म अनुसार परिचालन हुन पनि अध्यक्ष विष्टले निर्देशन दिएका छन् ।

नगर कमिटि अध्यक्ष गणेश ऐरीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटि सदस्य शेर बहादुर सिंह, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा र नगर ईन्चार्ज लोकराज पन्तलगायत जिल्लाको सहभागीता रहेको थियो ।
नगर कमिटिको पुर्ण बैठकले नगरका विभिन्न जनवर्गीय संगठन लगायत विभागको जिम्मेवारी बाफाँड गरिएको छ ।
अध्यक्ष ऐरीले पहिलो बैठकले दिएको अधिकारलाई प्रयोग गदैँ सल्लाहकार मनोनयन, जिम्मेवारी बाँडफाँट गरिएको र पुर्ण बैठकबाट त्यसलाई अनुमोदन गरिएको बताए ।
साथै उनले कृष्णपुर नगरपालिकामा नेकपा एमाले स्थानीय निर्वाचनमा पहिलो पार्टी बनाउने तयारीका नगर कमिटि जुड्ने प्रतिवद्धता समेत जनाए ।

