महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा अखिल नेपाल महिला संघ गठन गरिएको छ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको वडा कमिटि शनिबार गठन गरिएको हो ।
नेकपा एमालेले कञ्चनपुुर जिल्ला सदस्य रविन्द्र देवकोटाले सन्तोषी चौधरीको अध्यक्षतामा अनेमा संघको वडा कमिटि गठन गरिएको बताए । उनका उनका अनुसार अनेमा संघको वडा कमिटी उपाध्यक्षमा किशोरी खुना, सचिवमा कैशल्या जोशी, सह–सचिवमा पार्वती शाही र सदस्यहरुमा कलावती ठकुरी, केशरा देवी शाह, द्रोपती वादी, जानकी उराव, बसन्ती चौधरी, द्धारिका दमाई, शिमा सदाशंकर, प्रेमवती उराव, रुपा सुनार, सरस्वती दमाई र भुरी दमाई चयन भएका छन् ।
नेकपा एमाले वडा कमिटि अध्यक्ष प्रशान्त भट्टको अध्यक्षतामा गरिएको वडा भेलामा जिल्ला कमिटि सदस्य कमला देवकोटा, विष्णु दक्त कणेल, रविन्द्र देवकोटा, मञ्जु सिंह, नारद सुनार, निर्मलादेवी नाथ र र नगर कमिटि सदस्य शक्ती देवकोटाको सहभागीता रहेको थियो । अध्यक्ष भट्टले नेकपा एमालेलाई स्थानीय निर्वाचनमा विजयी बनाउने गरि तयारी भईरहेको बताए ।