भीमदत्त–१८ मा राष्ट्रिय युवा संघको वडा कमिटि गठन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा नेकपा एमालले निकट राष्ट्रिय युवा संघको वडा कमिटि गठन गरिएको छ । योगेश क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।
राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष केशब चन्दको अध्यक्षतामा बसेको विस्तारित भेलाले वडा कमिटि गठन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि युवा संघका कञ्चनपुर ईचार्ज प्रशान्त भट्ट, विशिष्ठ अतिथि युवाफाँट ईन्चार्ज रविन्द्र देवकोटा, भीमदत्त नगर कमिटि अध्यक्ष हिमाल चन्दलगायत युवा संघ कञ्चनपुर आवद्ध पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ईन्चार्ज प्रशान्त भट्टले पार्टीको जिम्मेवारी र निर्र्देशन अनुसार परिचालन हुन युवा संघलाई निर्देशन दिए । त्यस्तै नगर कमिटि अध्यक्ष हिमाल चन्दले पनि स्थानीय निर्वाचनमा पार्टीलाई विजयी बनाउन केपी नेतृत्वको सरकार र एमाललेका जनप्रतिनिधिले गरेको काम जनतामाझ लग्नुपर्ने बताए । त्यसका लागि युवा संघको महत्वपुर्ण जिम्मेवारी रहेको भन्दैँ पार्टी गतिविधि र संगठन निर्माण परिचालन हुन उनको निर्देशन समेत दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्