ट्रोसा परियोजना सञ्चालनपछि सामाजिक रुपान्तरणमा जोडिए विपन्न महिला

महेन्द्रनगर । ‘सार्वजनिक कार्यक्रम आफ्नो परिचय दिन डर पनि लाग्थ्यो ।, तर अहिले आफ्ना कुराहरु खुलेर राख्न सक्षम भएका छौँ ।’ मंगलबार शारदा महिला सशक्तीकरण केन्द्र भीमदत्त नगरपालिका–९ सन्त नगर खल्लाको प्रोफाईल हस्तान्तरण कार्यक्रममा बोल्दैँ गर्दा समुहकी सदस्य देवकी पार्की भनिन् । अक्सफामको सहयोगमा निड्स नेपालले सञ्चालन गरेको परियोजनामार्फत गठन भएको समुहले स्थानीय महिलाहरुको क्षमता विकास महत्वपुर्ण योगदान पु¥याएको उनको भनाई थियो । दक्षिण एसियाली अन्तरदेशीय सीमावर्ती नदीहरुको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) ले २०७४ पुसमा उक्त समुह गठन गरेको थियो । दैनिक ज्याला, मजदुरी गरेर दैनिकी चलाउँदै आएका विपन्न महिला समुह गठनपछि गरिएका विभिन्न कार्यक्रमले क्षमता विकाससँगै सामाजिक रुपान्तरणमा पनि जोडिएका हुन् ।

रामानुज महिला सशक्तीकरण समुहकी ज्योती रसाईलीले पनि परियोजना सञ्चालन भएपछि आफुहरुको नेतृत्व विकास भएको बताईन् । २४ सदस्यीय उक्त समुहले परियोजनाबाट सीपमुलक र क्षमता विकास तालिम पाएको छ । ‘तालिमपछि यहाँका दिदिबहिनिहरुको व्यवहारमा निकै परिर्वतन आएको छ ।’ समुहकी अध्यक्ष समेत रहेकी रसाईलीले भनिन् ‘यहाँको सिँचार्ई, बाढी, बेरोजगारी लगायतका समस्या उठान गर्ने सक्षम भएका छौँ, बोल्न सक्ने क्षमताको विकास भएको छ ।’ उनि जस्तै ट्रोसा परियोजनाले गठन गरेको सशक्तीकरण समुहका महिलामा नेतृत्व क्षमताको विकास मात्रै भएको छैन् समुहमार्फत उनिहरु सामाजिक रुपान्तरणमा पनि जोडिएका छन् । साथै समुहमा आवद्ध महिलाहरुले अगामी दिन पनि आर्थाेपार्जन, सीपमुलक कार्यक्रम सञ्चालन हुनुपर्ने माग राखेका छन् । महाकाली नदी तटीय क्षेत्रका समुदायलाई लक्षीत गरि काम गदैँ आईरहेको परियोजना आउँदो मार्चमा फेज आउट हुदैँछ ।

परियोजना अवधी सकिन थालेपछि समुहको निरन्तर सक्रियता बढाउन स्थानीय सरकारले जिम्मेवार बनाउन उपलब्धीसहितको प्रोफाईल वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । नदी तटीय क्षेत्रका महिलाको सामाजिक रुपान्तरण परियोजनाले महत्वपुर्ण भुमीका खेलेको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले बताए । समुहको प्रोफाईल ग्रहण गदैँ अध्यक्ष नाथले परियोजनाले अगामी दिनमा स्थानीय सरकारले समुह स्वमित्व लिदैँ आवश्यक सहयोग गर्ने प्रतिवद्धा समेत जनाए ।

त्यस्तै भीमदत्त नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंहले विपन्न समुदायका महिलाको जनचेतनाको स्तर वृद्धी र क्षमता विकास परियोजनाको योगदान रहेको बताईन् । त्यस्तै प्रोफाईल हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका उप–प्रमुख सानु बुढाथापाले पनि समुहमार्फत उत्पादनसँग जोडिन आग्रह गरिन् ।
परियोजनाले भीमदत्त र दोधराचाँदनी नगरपालिकास्थित गठीत समुहको प्रोफाईल वडा कार्यालयहरुलाई हस्तान्तरण गरेको निड्स नेपालका निवर्तमान अध्यक्ष प्रयागराज रेग्मीले बताए । उनले समुहको थप सशक्तीकरणसँगै समस्या समाधानका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउन प्रोफाईल हस्तान्तरण गरिएको बताए । साथै निड्सले पनि संस्थाका अन्य परियोजनामार्फत समुहलाई सक्रिय बनाउने उनको भनाई छ ।

परियोजनाले सशक्तीकरण समुहमाफर्त समुदायका महिलाको क्षमता विकास र सीपमुलक तालिम प्रदान गरेको परियोजना संयोजक अनिला डगौराले बताईन् । उनका अनुसार परियोजनाले स्थानीय महिलाको क्षमता विकास गरि समस्या उठान, सार्वजनिक मुल प्रवाहिकरणमा जोडेको छ । महिला सशक्तीकरण केन्द्रमार्फत समस्या र सवाल पहिचान गरि पानिमाथिको न्योचित अधिकार प्राप्ती तथा महिलाको जिविकोपार्जन सुधार गरि आर्थिक र सामाजिक स्तर उकास्ने परियोजनाको उद्देश्य रहेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्