सोमबार देखि पाँचौ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु हुदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक वर्ष आयोजना गर्ने शुक्लाफाँटा पर्यटन महोत्सव सोमबारबाट सुरु हुने भएको छ । भीमदत्त नगरपालिकाले स्थानीय सरकारको नेतृत्वको पाएदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धनका हेतु महोत्सव आयोजना गर्दै आईरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले यस वर्ष पनि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्न लागेको भीमदत्त नगरपालिकाको पर्यटन विकास समितिले जनाएको छ । समितिले आईतबार सरोकारवाला निकायसँग महोत्सवबारे छलफल गरि जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय आरक्षलाई निकुञ्ज घोषणा गरिएको दिनको अवसर पारेर वर्षेनी पर्यटन महोत्सव आयोजना गरिदैँ आएको बताए । उनका अनुसार नगरपालिकाले माघ ९ गतेदेखि साताव्यापी रुपमा महोत्सव आयोजना गर्नेछ ।
महोत्सव अवधिमा निकुञ्ज भ्रमण, फोटो प्रर्दशनी, शुक्लाफाँटा संवाद, कविता तथा वतित्व कला प्रतियोगिता लगायतका कार्यक्रम समेत आयोजना हुनेछन् । महोत्सवबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचार–प्रसारसँगै पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्