विपद् व्यवस्थापनमा उत्कृष्ट योगदान पु-याएको निड्सलाई प्रदेश सरकारद्धारा सम्मान

महेन्द्रनगर । विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने सुदूरपश्चिमकै अग्रीण संस्था हो, निड्स नेपाल । २०५५ साल फागुनमा बेलौरीको श्रीपुरस्थित महिला समुह गठन गरि बचत संकलनबाट सुरु यात्रा सुरु गरेको यस संस्थालाई शनिबार सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गरेको छ । विपद् व्यवस्थापनमा उत्कष्ट योगदान पु¥याएको भन्दैँ प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा कदर पत्रसहित संस्थालाई सम्मान गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा आएको विपद्मा खोज, उद्धार तथा राहत कार्यमा संस्थाले प्रभावकारी भुमिका निर्वाह गरेको कदरपत्रमा उख्लेख छ । २०६० सालमा महेन्द्रनगर कार्यालय स्थापना गरि उद्यम, सीप र विपद् व्यवस्थापनका क्षेत्रमा काम सुरु गरेको निड्सको यात्रा निरन्तर सामाजिक क्षेत्रमा सक्रिय छ । २०६४ को बझाङ पहिरो होस या २०६५ मा सुदूरपश्चिको तराई क्षेत्रको बाढीमा निड्स नेपाल खोज, उद्धार र राहत वितरण कार्यमा अग्र पंङक्तीमा रह्यो ।

विपद् व्यवस्थापन तथा जलवायु परिर्वतनलाई प्रमुख क्षेत्रको रुपमा लिएको निड्सले सुरक्षीत आप्रवासन र आधारभुत मानवीय आवश्यकको सवालमा पनि समानान्तर रुपमा काम गरिरहेको प्रमुख कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । ग्रामिण क्षेत्रमा समुह गठन गरि बचत संकलन, प्रौढ तथा प्रजजन स्वास्थ्य शिक्षा दिने कामबाट संस्थाको काम सुरु गरेको स्मरण गदैँ निर्देशक रेग्मी भने ‘ग्रामिण क्षेत्रका नागरिकलाई सामाजिक रुपान्तरणमा जोड्ने उद्देश्यका साथ काम सुरु गरेको थियौँ, अहिले विपद् व्यवस्थापन र जलवायु परिर्वतनको सवालमा निड्सले काम गदैँ आईरहेको छ ।’


साथै निड्सले विपद् व्यवस्थापनका लागि नीति निमार्ण, विपद् तथा जलवायुसम्बन्धि मुद्धाहरुको मुलप्रवाहीकरणसहित वकालत र पैरवी गरिरहेको उनले बताए । विभिन्न दातृ निकायसँगको साझेदारी तथा सरकारी निकायसँगको सहकार्यमा काम गरिरहेको निड्स राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नेटवर्कको पनि सदस्यता पाएको निर्देशक रेग्मीको भनाई छ । प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको रेडक्रस, एनएनएसडब्लुए लगायतका संघ संस्थालाई पनि कदरपत्र सहित सम्मान गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्