काठमाडौँ — सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्मा टेबल गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् सरकार प्रवत्ता एंवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेताहरुको बैठकले संसद्को आइतबारकै बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको जानकारी दिए । ‘शीर्ष नेताहरुको बैठकबाट एमसीसी टेबल गर्ने सहमति भएको छ, एमसीसी आजैको बैठक टेबल हुन्छ,’ उनले भने ।
नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।

