वेदकोटमा जग्गाको नापजाँचसहित पुर्जा वितरण गरिदैँ

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले मंगलबार देखि जग्गाको नापजाँचसहित पुर्जा वितरण कार्य सुरु गर्न लागेको छ । नगरपालिकाको आयोजनामा सोमवार भूमि सम्वन्धी सर्वदलीय\सर्वपक्षीय बैठकको आयोजना गरि पुर्जा वितरण कार्यलाई अघि बढाउने निर्णय गरेको हो ।
बैठकले २०७८ श्रावण २१ गते देखि बेदकोट नगरपालिकामा रोकिएको अव्यवस्थित बसोबासीको (ऐलानी– प्रती) जग्गा नापजाँच( नापी) गर्ने कार्य फाुगन १० गते देखि ५ वटा नापी टोली बनाएर जग्गाको नापजाँच गरि जग्गा धनीलाई पुर्जा दिने कार्य शुरु गर्ने निर्णय गरेको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।
उनका अनृुसार भुमिहिन सुकुम्बासीहरुलाई तथ्यांक प्रविष्ट गर्दै प्रमाणीकरण गरि जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाईनेछ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे , भुमी आयोगका जिल्ला अध्यक्ष देवेन्द्र ढुङ्गाना, जिल्ला नापी अधिकृत पुष्कर पाल, जिल्ला मालपोत अधिकृत , सबै राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, बिभिन्न्न सहयोगी सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्