महेन्द्रनगर । कञ्चनपुरमा फारवेष्टन कर्पोरेट क्रिकेट कप आयोजना हुन लागेको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा आउँदो फागुन १४ गते देखी चैत ५ गतेसम्म फारबेस्टन कर्पोरेट क्रीकेट कप–२०२२ सञ्चालन हुने आयोजकले जनाएको छ ।
सुदुरपश्मिका कर्पोरेट संघ संस्था तथा कार्यालयहरुलाई लक्षित गरेर प्रतियोगीता आयोजना गर्न लागीएको प्रतियोगिता संयोजक भोजराज जोशी(क्वालिटी) ले बताए । महेन्द्रनगरमा कप सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रमा बोल्दैँ कोरोना संक्रमणका कारण खेलकुदका गतिविधि अबरुद्ध भएकोले त्यसको पुर्नर जाँगरणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
महेन्द्रनगरस्थित खुला मञ्चमा र कबर्ड हलमा आयोजना हुने प्रतियोगीतामा कैलाली र कंचनपुरवाट २० टिमको सहभागीता रहने लक्ष्य लिएको स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले बताए । उनका अनुसार प्रतियोगीताको विजयी टिमलाई नगद रु. १ लाख ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्धितिय टिमलाई नगद रु. ५५ हजार सहित नगद ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद रु. ५ हजार पाच सय सहित ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याट्सम्यानलाई नगद रु. ३ हजार पाच सय सहित ट्रफी र प्रमाणपत्र तथा प्रतियोगिताका बेस्ट बलरलाई नगद रु. ३ हजार पाच सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस अघिका पहिलो संस्करण एन आई सि एसिया बैंक लि. र दोर्सो संस्करण लिटिल बुद्ध एकेडेमीले हात पारेको थियो ।
